महेश–अस्मिता जोडीले घोषणा गरे ‘यूएसए टुर’, यी शहरमा दिँदैछन् प्रस्तुती « Khabarhub

महेश–अस्मिता जोडीले घोषणा गरे ‘यूएसए टुर’, यी शहरमा दिँदैछन् प्रस्तुती


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक जोडी महेश काफ्ले र गायिका अस्मिता अधिकारीले अमेरिका टुर घोषणा गरेका छन् ।

काठमाडौंको हात्तिसारस्थितमा मंगलबार पत्रकार सम्मेलन गरेर यो जोडीले अमेरिका टुर घोषणा गरेको हो । उनीहरू ‘सोलफुल युएसए’ नामक सांगितक कार्यक्रम अन्तर्गत रहेर अमेरिका टुर गर्ने भएका हुन् ।

सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म टुर चल्ने उक्त पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अमेरिकाका २० वटा शहरमा उनीहरूले साङ्गीतिक प्रस्तुति दिने तय भएको बताइएको छ ।

कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, एसबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनियालगायतका शहरमा यो कार्यक्रम हुने आयोजकले थ्री ई इन्टरटेन्मेन्ट बताएको छ ।

केही दिनमा कार्यक्रम तालिका सार्वजनिक गर्ने तयारीमा आफूहरू रहेको आयोजकले जानकारी दिएको छ ।

आफूहरूको लाइभ प्रस्तुतिका लागि तयार भएर बस्न दर्शकलाई महेशले आग्रह गरेका छन् ।

आयोजक थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अञ्जान बुढाथोकीका अनुसार अमेरिकामा यो जोडी गायकको माग भएकाले यो कार्यक्रम गर्न लागिएको हो ।

महेश र अस्मिता श्रीमान्-श्रीमती हुन् । उनीहरू गत फागुनमा विवाह बन्धनमा बाँधिएका हुन् ।

यो पनि : विवाह बन्धनमा गायक जोडी महेश र अस्मिता

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : २० बजे

लेबनानमा इजरायली आक्रमण, एकजना शान्ति सैनिकको मृत्यु

लेबनान- लेबनानमा भएको इजरायली हमलामा संयुक्त राष्ट्रसंघका एक शान्ति सैनिकको

प्रधानमन्त्रीले बोलाएको सांसदसँगको बैठक हर्क साम्पाङले बहिष्कार गर्ने

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक श्रम, संस्कृति पार्टीका अध्यक्ष

कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने

काठमाडौं– नेपाल सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको

राइड शेयरिङ कम्पनीविरूद्ध उत्रिए चालक (तस्बिरहरू)

काठमाडौं- विभिन्न मागसहित राइड शेयरिङमा संलग्नहरूले आन्दोलन थालेका छन् ।

पक्राउ परेका पूर्वमन्त्री खड्का पनि अस्पताल भर्ना

काठमाडौं– पक्राउ परेका पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का अस्पताल भर्ना