दुई फिल्म प्रदर्शनमा आएपछि नायिकामा डेब्यू गर्दै सनिशा | Khabarhub Khabarhub

दुई फिल्म प्रदर्शनमा आएपछि नायिकामा डेब्यू गर्दै सनिशा


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफ्नो अभिनय रहेको दुईवटा फिल्म प्रदर्शनमा आएपछि नायिका सनिशा भट्टराईले रङ्गमञ्चमा डेब्यू गर्ने भएकी छन् ।

कान्तिपुर थिएटरले मंगलबार नाटक ‘शिरीषको फूल’मा सनिशाको अभिनय रहने जानकारी दिएको हो ।

उनले नाटकमा ‘सकम्बरी’को भूमिका निर्वाह गर्ने बताइएको छ । उक्त पात्र नाटकको शीर्षमध्येको एक हो ।

यस नाटकका शीर्ष कलाकार नायक जीवन लुइँटेल पनि हुन् । लामो समय फिल्मबाट टाढा रहेका जीवन यही नाटकका लागि अमेरिकाबाट नेपाल आउने तयारीमा छन् ।

सम्बन्धित समाचार : नाटकमा डेब्यू गर्दै जीवन लुइँटेल

जीवन पनि यही नाटकबाट रङ्गमञ्चमा डेब्यू गर्दैछन् । यससँगै सनिशाले डेब्यू नाटकमा नायक लुइँटेलसँग मञ्ज साझा गर्ने पक्का भएको छ ।

गत वर्ष दशैँमा प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’बाट उनले ठूलो पर्दामा डेब्यू गरेकी थिइन् । त्यसपछि उनले महानायक राजेश हमालको कमब्याक फिल्म ‘नरसिंहा : अभतार’मा अभिनय गरेकी थिइन् ।

उनले दर्जनौं हिट म्युजिक भिडियोमा अभिनय गरेपछि फिल्म अभिनयमा प्रवेश गरेकी हुन् ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ७ : ५८ बजे

कृषि समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक

यी भूभागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज श्रीकृष्ण जन्माष्टमी पर्व

काठमाडौं – ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईँदै

काठमाडौं– ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय