जापानमा एकै वर्षमा घट्यो १० लाख जनसङ्ख्या « Khabarhub

जापानमा एकै वर्षमा घट्यो १० लाख जनसङ्ख्या


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

टोकियो – जापानमा एकै वर्ष करिब १० लाख लाख जनसङ्ख्या घटेको छ। यसरी जनसङ्ख्या घट्नुमा जापानमा रहेको कम जन्मदर हो।

जापानी महिलाको बच्चा जन्माउने कुरामा बढ्दै गएको अरुचीप्रति प्रधानमन्त्री सिगेरु इसुवाले चासो व्यक्त गरेका छन्।

एक दिन अघि सार्वजनिक भएको डेटा अनुसार जापानमा सन् २०२४ मा ६ लाख ८६ हजार ६१ बच्चा जन्मिए। सोही समयमा करिब १६ लाख जनाले ज्यान गुमाए। यसको मतलब एक जना बच्चा जन्मिदा दुई जना मानिसको मृत्यु भएको छ।

जापानमा लगातार १६ वर्ष जनसङ्ख्या घटेको यो जनगणनाले देखाएको छ। जापानमा जन्मनेक्रम घटे पनि विदेशबाट त्यहाँ जानेको सङ्ख्या भने बढेको छ। २०२५ को जनवरीको विवरण अनुसार जापानमा रहेका विदेशीको सङ्ख्या ३६ लाख पुगेको छ।

जापानमा डिजिटल नोम्याड भिसामार्फत् विदेशी कामदार ल्याउने नीति लिइएको छ। यसका बाबजुद जापानको राजनीतिमा आप्रवासीकै विषय मुद्दाको रूपमा उठ्ने गरेको छ। सन् २०२३ यता जापानमा ०.४४ प्रतिशत जनसङ्ख्या घटेको छ।

जापानमा ६५ वर्ष भन्दा माथिको जनसङ्ख्या ३० प्रतिशत छ। मोनाको पछि प्रौढको प्रतिशत जापानमा दोस्रो बढी हो। विश्व बैंकका अनुसार जापानमा काम गर्ने जनशक्ति १५ देखि ६४ वर्ष उमेर समूहका मानिसको सङ्ख्या करिब ६० प्रतिशतमा झरेको छ। जापानी महिलाको जन्मदर सन् १९७० को दशकदेखि घट्न थालेको हो।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ६ : ०५ बजे

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८