लेबनानको क्याबिनेटबाट हिजबुल्लाह निःशस्त्रीकरणको प्रस्ताव स्वीकृत « Khabarhub

लेबनानको क्याबिनेटबाट हिजबुल्लाह निःशस्त्रीकरणको प्रस्ताव स्वीकृत


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

लेबनान – लेबनानको क्याबिनेट बैठकले हिजबुल्लाहको निःशस्त्रीकरणको योजनालाई स्वीकार गरेको छ ।

प्रधानमन्त्री नवाफ सलामले बिहीबार अमेरिकाले राखेको सो प्रस्तावलाई लेबनानको क्याबिनेटले स्वीकार गरेको जनाइएको छ ।

हिजबुल्लाहका राजनीतिक निकायका उपप्रमुख मोहम्मद कोमाटीले यसलाई इजरायल र अमेरिकाको सामु आत्मसमर्पणको संज्ञा दिएका छन् । उनले लेबनानमा इजरायलीबाट बचाउन हिजबुल्लाहले प्रयास जारी राख्ने पनि बताए ।
हिजबुल्लाहको संसदीय ब्लकले भने इजरायलको इच्छामा अमेरिकी माग पुरा गरिएको आरोप लगाएको छ ।

क्याबिनेटमा रहेका हिजबुल्लाह समर्थक सिया मुस्लिमले सो बैठक बहिस्कार गरेका थिए । अमेरिकी दूत टम बराकले लेबनान सरकारका सामु युद्ध अन्त्यका लागि दीर्घकालीन प्रस्ताव राखेपछि हिजबुल्लाहको निःशस्त्रीकरणको योजना स्वीकार गरिएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ७ : १० बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि