लेबनानको क्याबिनेटबाट हिजबुल्लाह निःशस्त्रीकरणको प्रस्ताव स्वीकृत « Khabarhub

लेबनानको क्याबिनेटबाट हिजबुल्लाह निःशस्त्रीकरणको प्रस्ताव स्वीकृत


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

लेबनान – लेबनानको क्याबिनेट बैठकले हिजबुल्लाहको निःशस्त्रीकरणको योजनालाई स्वीकार गरेको छ ।

प्रधानमन्त्री नवाफ सलामले बिहीबार अमेरिकाले राखेको सो प्रस्तावलाई लेबनानको क्याबिनेटले स्वीकार गरेको जनाइएको छ ।

हिजबुल्लाहका राजनीतिक निकायका उपप्रमुख मोहम्मद कोमाटीले यसलाई इजरायल र अमेरिकाको सामु आत्मसमर्पणको संज्ञा दिएका छन् । उनले लेबनानमा इजरायलीबाट बचाउन हिजबुल्लाहले प्रयास जारी राख्ने पनि बताए ।
हिजबुल्लाहको संसदीय ब्लकले भने इजरायलको इच्छामा अमेरिकी माग पुरा गरिएको आरोप लगाएको छ ।

क्याबिनेटमा रहेका हिजबुल्लाह समर्थक सिया मुस्लिमले सो बैठक बहिस्कार गरेका थिए । अमेरिकी दूत टम बराकले लेबनान सरकारका सामु युद्ध अन्त्यका लागि दीर्घकालीन प्रस्ताव राखेपछि हिजबुल्लाहको निःशस्त्रीकरणको योजना स्वीकार गरिएको हो ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ७ : १० बजे

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह