जेठो बूढो धानमा ‘ब्लाष्ट’ रोग देखिएपछि किसान चिन्तित « Khabarhub

जेठो बूढो धानमा ‘ब्लाष्ट’ रोग देखिएपछि किसान चिन्तित


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

पर्वत– धान रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बूढो धानमा ब्लाष्ट रोग फैलिएको छ ।

फलेवास नगरपालिकाका– ४ मुडिकुवा, वडा नम्बर ५ खानीगाउँ, वडा नम्बर ६ देवीस्थानलगायतका वडामा जेठो बूढो धानमा ब्लाष्ट रोग फैलिएको हो । ब्लाष्ट रोगका कारण  पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने समस्या देखिएको छ ।

गाँज राख्ने र सप्रिने बेलामा धानबालीमा समस्या देखिएपछि कृषक चिन्तित बनेका छन् । धान बालीमा आकस्मिक रुपमा रोग देखिएको फलेबास नगर कृषि सञ्जालका अध्यक्ष विनोद भुसालले जानकारी दिए ।

सयौँ रोपनी खेतमा ब्लाष्ट रोग देखिएपछि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ बागलुङका प्राविधिकसहितको टोलीले स्थलगत अनुसन्धान सुरु गरेको छ । गत वर्ष गुबो कुहिने र ढुसी किराको प्रकोपले क्षति व्यहोरेका कृषकले यस वर्ष पुनः ब्लाष्ट रोगको सामना गर्नुपरेको छ ।

हाल फलेबास तीन वटा वडामा बढी मात्रामा सङ्क्रमण देखिएको भए पनि अन्य वडाहरूमा समेत देखिन थालेको सञ्जालका अध्यक्ष भुसालले बताए । उनले कृषि प्राविधिकसँग समन्वय गरेर सो रोगको निदानका लागि पहल भइरहेको बताए । अन्य जातको धानमा भन्दा जेठो बुढोमा बढी सङ्क्रमण देखिएको छ ।

स्थलगत रुपमा पुगेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको प्राविधिक टोलीले राइस ब्लाष्ट र ‘ट्राइसिक्लाजोल’ नामको विषादी सिफारिस गरेका छन् । कार्यालयका प्राविधिक ललित सुनारले धानबालीमा देखिएको समस्याको निदानका लागि दुईवटा विषादी सिफारिस गरिएको जानकारी दिए । उनले एक ग्राम विषादी एक ग्राम पानीमा घोलेर छर्किएपछि एक सातामै सुधार आउने बताए ।

गत वर्ष पनि यो रोगले सामान्य क्षति भएको थियो । कृषकहरूलाई विषादी निःशुल्क उपलब्ध गराइएको छ । कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी सोविता सुवेदीले बर्खे बालीमा आउने समस्या समाधानका लागि स्थानीय तहको कृषि शाखाका साथै ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबीच समन्वय र सहकार्य भइरहेको जानकारी दिइन् । (रासस) 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ७ : २७ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,