भारतको उत्तराखण्डमा बाढीले गरेकाे क्षतिप्रति प्रधानमन्त्री ओलीबाट चिन्ता व्यक्त « Khabarhub

भारतको उत्तराखण्डमा बाढीले गरेकाे क्षतिप्रति प्रधानमन्त्री ओलीबाट चिन्ता व्यक्त


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले पुर्‍याएकाे क्षतिप्रति दुःख र चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले आफू चिन्तित भएको जनाएका छन् ।

उनले भनेका छन्– ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु । बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु ।’

प्रधानमन्त्री ओलीले बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर प्राप्त भएको र उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको समेत बताएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ९ : १४ बजे

 निगमको पाक्षिक घाटा तीन अर्ब बढी

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भारतबाट महँगिएर आयो इन्धन, नेपालमा भाउ यथावत् राख्ने निगमको निर्णय

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने

बाढीमा छोरा–बुहारी गुमाए, नातिनातिनीको जिम्मा सरकारले लियो

काठमाडौं – नुवाकोटमा आएको विनाशकारी बाढीले बाजुराका यी वृद्धबाट छोरा

सिङ्गापुरमा सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु

सिङ्गापुर – सिङ्गापुरले सरकारी अधिकारीहरूका लागि ‘डेटिङ प्लेटफर्म’ सुरु गरेको

१८ वर्षपछि पक्राउ परे हत्या अभियोगका फरार प्रतिवादी

जनकपुरधाम – सर्लाहीमा गोली प्रहार गरी हत्या गरेको आरोपमा १८