तुर्कमेनिस्तान भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै « Khabarhub

तुर्कमेनिस्तान भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानको  भ्रमण पूरा गरी आज (शुक्रबार) स्वदेश फर्किँदै छन् ।

तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फर्किन लागेका हुन् ।

उनी तुर्कमेनिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरिसकेका छन् । प्रधानमन्त्री ओलीलाई विमानस्थलमा स्थानीय समय अनुसार बिहान साढे ८ बजे तुर्कमेनिस्तान सरकारका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरेका छन् ।

प्रधानमन्त्री ओली दुबई हुँदै शुक्रबार राति ११ बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ९ : ३२ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने