जनप्रिय युवा क्लब ‘खुला यार्तुङ आर्चरी प्रतियोगिता’को च्याम्पियन « Khabarhub

जनप्रिय युवा क्लब ‘खुला यार्तुङ आर्चरी प्रतियोगिता’को च्याम्पियन


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङको मुक्तिनाथमा आयोजित खुला यार्तुङ आर्चरी प्रतियोगितामा आयोजक जनप्रिय युवा क्लब पुराङ रानीपौवा ‘ए’ टिम च्याम्पियन बनेको छ ।

क्लबले १५० पूर्णाङ्कमध्ये नौ अङ्क खर्चँदै १४१ अङ्क योगफल जोडेर आर्चरी च्याम्पियन बनेको हो । प्रतियोगितामा मनाङ र मुस्ताङका १६ टिमको सहभागिता थियो । १५ डोरमा खेलाइएको आर्चरी प्रतियोगितामा प्रत्येक टिमबाट पाँचपाँच जना खेलाडीले भाग लिन पाउने व्यवस्था गरिएको थियो ।

यसैगरी यार्तुङ खुला आर्चरी प्रतियोगितामा एनवाईसी मनाङको टोली १३६ अङ्क जोड्दै उपविजेता बनेको छ । यहाँको बारागुङ–५ स्थित शेरधाङ लुम्बुक युथ क्लब फल्याकले आर्चरी प्रतियोगितमा तेस्रो स्थान हासिल गरेको छ । फल्याकले निर्धारित १५ डोरमा १३५ अङ्कको योगफल तयार गरेको थियो ।

प्रतियोगिताको च्याम्पियन जनप्रिय क्लबले एक लाख रुपैयाँसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एनवाईसी मनाङले ६० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र जितेको छ ।

प्रतियोगितामा तेस्रो बनेको शेरधाङ युथ क्लब फल्याकले ३० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा सर्वाधिक अङ्क जोड्ने ब्रदर्श युनाइटेडका बुद्धि बुढाथोकी र आर्चरीको सर्वोत्कृष्ट खेलाडी एनवाईसी मनाङका सोनाम लामा घोषित भए ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १० : २४ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क