उत्तराखण्ड पहिरोमा सम्पर्कविहीन नेपालीको खोजीमा जुट्न दूतावासलाई परराष्ट्रमन्त्री राणाको निर्देशन « Khabarhub

उत्तराखण्ड पहिरोमा सम्पर्कविहीन नेपालीको खोजीमा जुट्न दूतावासलाई परराष्ट्रमन्त्री राणाको निर्देशन


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली दूतावासलाई उत्तराखण्डमा हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारतसँग समन्वय गरेर तदारुकताका साथ लाग्न निर्देशन दिएकी छिन् ।

भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली गाउँमा आएको बाढीपहिरोमा परेर बेपत्ता भएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि दूतावासलाई निर्देशन दिएकी हुन् ।

‘उहाँहरूको खोजी र उद्धारका लागि नेपाल सरकारले कूटनीतिक पहल सुरु गरिसकेको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारत सरकारसँग समन्वय गरी तदारूकताका साथ लाग्न निर्देशन दिएकी छु ।’

उक्त बाढीपहिरोमा जाजरकोटको कुशे गाउँपालिकाका नागरिक परेका छन् । कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले वडा नम्बर २ का १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू बाढीपहिरोपछि सम्पर्कमा नरहेको जनाएका छन् ।

अध्यक्ष बस्नेतले बाढीपहिरो प्रभावित क्षेत्रमा हराइरहेका नेपाली नागरिकहरूको तत्काल खोज तथा उद्धारका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहल गर्न पनि आग्रह गरेका छन् ।

मंगलबार दिउँसो अचानक पहाड नै खसेर बग्दै आएको लेदोले सम्पूर्ण धरालीलाई क्षति पुर्‍याएकाे छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म ५ जनाको मृत्यु पुष्टि भइसकेको छ ।

१०० भन्दा बढी अझै बेपत्ता छन् । भारतीय सेनाका ९ जवानसमेत बगेका छन् । ५० भन्दा बढी घर, ३० भन्दा बढी होटल र रिसोर्ट तथा २५ होमस्टेहरू पूरै ध्वस्त भएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ११ : २२ बजे

ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले सवारी नियम उल्लंघनमा एकै दिन दुई हजार

कोलम्बिया विश्वकपको अघिल्लो चरणमा : संघर्षपूर्ण खेलमा कंगो १–० ले पराजित

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा

रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी, नामावली प्रकाशनमा ढिलाइ

चितवन– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा ९९

आफ्नै दममा फिल्म हिट बनाउन सक्ने जितु

काठमाडौँ- अब भन्दा फरक पर्दैन- जितु नेपालले बनाएको ‘आई एम

गोल्डेन बुटको दाैड: मेसीको अनुभव, एम्बाप्पेको गति कि हालान्डको फिनिसिङ ?

काठमाडौँ – फिफा विश्वकप २०२६ सुरु भएको केही समयमै फुटबल