कस्ता मान्छेले खानु हुन्न सजिवन, स्वास्थ्यमा हुनेछ असर « Khabarhub

कस्ता मान्छेले खानु हुन्न सजिवन, स्वास्थ्यमा हुनेछ असर


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी मौसममा बजारमा धेरै किसिमका तरकारी पाइन्छ, जुन धेरै किसिमका पौष्टिक तत्त्वले भरिपूर्ण हुन्छ । मानिसहरूले यसको सेवनको फाइदा लिन सकोस् भनेर धेरै उपभोग गर्छन् । यस्तै अर्को तरकारी ड्रमस्टिक अर्थात् सजिवन हो, जुन गर्मीमा प्रशस्त मात्रामा पाइन्छ ।

सजिवनलाई प्रोटिनको भण्डार भनिन्छ । यसको सेवनले धेरै प्रकारका रोगहरूमा फाइदा गर्छ तर कतिपयको लागि यसको सेवन हानिकारक पनि हुन सक्छ । आउनुहोस् जानौँ कस्ता मानिसहरूले यसको तरकारी वा सुप खानु हुँदैन भन्ने बारेमा ।

हामी तपाईँलाई बताउँछौँ कि हरेक फलफूल र तरकारीमा केही गुण र बेफाइदा हुन्छ। त्यस्तै ड्रमस्टिकमा पनि केही बेफाइदा हुन्छ । जसका कारण केही रोगमा यसको सेवन हानिकारक हुनसक्छ ।

गर्भवती महिला
गर्भवती महिलाले यसको सेवन गर्नु हुन्न । वास्तवमा यसको प्रकृति तातो छ । त्यसैले यसको अत्यधिक सेवनले हानि हुन सक्छ। यसका साथै अत्यधिक रक्तस्रावबाट पीडित महिलाहरूले पनि यसको अधिक सेवन गर्नु हुन्न ।

बीपी लो
लो ब्लडप्रेसरको समस्या भएका व्यक्तिले पनि सजिवन खानबाट जोगिनुपर्छ । वास्तवमा यसको सेवन उच्च रक्तचापमा फाइदाजनक मानिन्छ । यसले उच्च रक्तचापलाई छिटो कम गर्न मद्दत गर्छ। त्यसैले निम्न रक्तचाप भएका व्यक्तिहरूले यसको सेवन गर्नुहुन्न ।

ग्यास्ट्रिक र अल्सर
ग्याँस र अल्सर जस्ता समस्या भएका मानिसहरूले पनि यसको सेवन गर्नु हुन्न ।
 
स्तनपान
बच्चा जन्माएपछि पनि यसको सेवन गर्नु हुन्न । यसका साथै यदि महिलाले स्तनपान गराइरहेकी छिन् भने त्यसको सेवनबाट पनि बच्नुपर्छ । एजेन्सीबाट साभार

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १२ : ३४ बजे

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी