‘टाटा ईभी अटो कार्निभल’ सुरु: विशेष अफर र माल्दिभ्स भ्रमणको अवसर « Khabarhub

‘टाटा ईभी अटो कार्निभल’ सुरु: विशेष अफर र माल्दिभ्स भ्रमणको अवसर


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले शुक्रबारबाट साउन २५ गते सम्म ‘टाटा ईभी अटो कार्निभल’ नामक विशेष कार्यक्रम नेपालभरिको शोरुम मा आयोजना गर्ने भएको छ । 

यस विशेष कर्निभलमा ग्राहकले जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्ड अन्तर्गतका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडीहरू जस्तै टियागो.ईभी, कर्भ.र्ईभी, नेक्सन के ३.ईभी, र पन्च.ईभी एक्सचेन्ज तथा खरिद गर्न सक्नेछन् ।

‘टाटा ईभी अटो कार्निभल’ कार्यक्रम अन्तर्गत ग्राहकहरूले एक वर्षको अटोप्लस बीमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सेवा, होम चार्जिङ बक्ससहितको जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू निःशुल्क प्राप्त गर्न सक्न कम्पनीले जनाएको छ ।

यस अवसरमा ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका शोरुमहरूमा गई नयाँ तथा अत्याधुनिक डिजाइनका विद्युतीय गाडीहरूको प्रत्यक्ष अवलोकन र टेस्ट ड्राइभ, बुकिङ तथा गाडी मूल्याङ्कन गर्दा आकर्षक उपहारहरू समेत प्राप्त गर्न सक्नेछन् । 

कम्पनीका अनुसार यस कार्यक्रमको बम्पर पुरस्कार स्वरूप एक जना विजेताले ‘कपल ट्रिप टु माल्दिभ्स’ जित्ने अवसरसमेत प्राप्त गर्नेछन् ।

यो अफर साउन २३ देखि २५ ९८ देखि १० अगस्ट० गतेसम्म मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकलाई आफ्नो नजिकको टाटा शोरुममा समयमै सम्पर्क गर्न सिप्रदी ट्रेडिङले आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : २१ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,