‘टाटा ईभी अटो कार्निभल’ सुरु: विशेष अफर र माल्दिभ्स भ्रमणको अवसर « Khabarhub

‘टाटा ईभी अटो कार्निभल’ सुरु: विशेष अफर र माल्दिभ्स भ्रमणको अवसर


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले शुक्रबारबाट साउन २५ गते सम्म ‘टाटा ईभी अटो कार्निभल’ नामक विशेष कार्यक्रम नेपालभरिको शोरुम मा आयोजना गर्ने भएको छ । 

यस विशेष कर्निभलमा ग्राहकले जुनसुकै ब्रान्डका पुराना गाडी साटेर टाटा ब्राण्ड अन्तर्गतका अत्याधुनिक प्रविधियुक्त विद्युतीय गाडीहरू जस्तै टियागो.ईभी, कर्भ.र्ईभी, नेक्सन के ३.ईभी, र पन्च.ईभी एक्सचेन्ज तथा खरिद गर्न सक्नेछन् ।

‘टाटा ईभी अटो कार्निभल’ कार्यक्रम अन्तर्गत ग्राहकहरूले एक वर्षको अटोप्लस बीमा, वार्षिक सवारी कर, निःशुल्क एसेसरिज, वारेन्टी अवधिभर निःशुल्क चार्जिङ सेवा, होम चार्जिङ बक्ससहितको जडान, र एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू निःशुल्क प्राप्त गर्न सक्न कम्पनीले जनाएको छ ।

यस अवसरमा ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका शोरुमहरूमा गई नयाँ तथा अत्याधुनिक डिजाइनका विद्युतीय गाडीहरूको प्रत्यक्ष अवलोकन र टेस्ट ड्राइभ, बुकिङ तथा गाडी मूल्याङ्कन गर्दा आकर्षक उपहारहरू समेत प्राप्त गर्न सक्नेछन् । 

कम्पनीका अनुसार यस कार्यक्रमको बम्पर पुरस्कार स्वरूप एक जना विजेताले ‘कपल ट्रिप टु माल्दिभ्स’ जित्ने अवसरसमेत प्राप्त गर्नेछन् ।

यो अफर साउन २३ देखि २५ ९८ देखि १० अगस्ट० गतेसम्म मात्र उपलब्ध हुने भएकाले इच्छुक ग्राहकलाई आफ्नो नजिकको टाटा शोरुममा समयमै सम्पर्क गर्न सिप्रदी ट्रेडिङले आग्रह गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : २१ बजे

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका

‘अर्काको सुन लगायो, आफ्नो कानलाई दुख’

काठमाडौं – अमेरिकामा धेरै कलाकार गए– आए । कलाकार बनेर

‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’

काठमाडौं– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा