‘रजतपट अंकल’ले पैसाका लागि बार्गेनिङ गरेको फिल्म निर्माताको आरोप « Khabarhub

‘रजतपट अंकल’ले पैसाका लागि बार्गेनिङ गरेको फिल्म निर्माताको आरोप


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रजतपट कार्यक्रम सञ्चालक फिल्मी पत्रकार प्रकाश सुवेदीमाथि बार्गेनिङ गरेको आरोप लागेको छ ।

रकम दिएको आधारमा फिल्मको प्रमोशन गर्ने र रकम नदिए निर्माण टीम, लगानीकर्ताको चरित्र हत्या गर्ने गरेको गम्भीर आरोप उनीमाथि लागेको हो ।

नेपाली फिल्म उद्योगमा सर्वाधिक कमाई गरेको ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले सामाजिक सञ्जालमार्फत् सुवेदीलाई उक्त आरोप लगाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्

हाम्रो अभिमन्यू चलचित्रको मिडिया को-अर्डिनेटसँग रजतपट टिमले प्रमोशनको लागि पैसा छुट्याएको छ कि छैन भनेपछि मैले हुँदैन भने। चलचित्र राम्रो बनाको छ, म यो पल्ट पनि रजतपटमा नगर्ने भनेपछि दुश्मनी निकाल्न प्रकाश सुवेदी सरले मेरोबारे हिजोको एपिसोडमा रिपोर्ट बनाउनु भएछ।

हुन त धेरैजना यस्तो विषय आउँदा डराएर चुपलाग्नु हुन्छ किनकि भोलि रिलिज भएछि रिपोर्ट बनाएर फिल्मबारे नराम्रो भनिदिनुहोला भनेर, तर मलाई यो कुराको मतलब छैन। त्यही प्रोड्युसरको पैसा लिएर, त्यही प्रोड्युसरको खेदो खनेको देखेको छु मैले।

आखिर रजतपटलाई पैसा नदिँदा पनि त ब्लकबस्टर भयो पूर्णबहादुरको सारंगी होइन र ? कि रजतपटलाई पैसा दिँदैमा हिट हुने हो र ?

हेर्नु तपाईंको जस्तो चिप्लो घस्न आउँदैन। हाम्रा सिदा बात नो बक्वास। ल गीत बुष्ट गरेँ, सोसलमिडियोमा कन्टेन्ट बुष्ट गरेँ, टिकट पनि काटेँ, के मैले पाप गरेर कि अरुको पैसा ठगेर धम्क्याएर गरे ? नितान्त मेरो गोजीको पैसा हालेर गरेँ, के यसो गर्नु अपराध हो ? मेरो फिल्को मार्केटिङ गर्न मैले आफ्नो हिसाबले नपाउने ? के तपाईंको कार्यक्रममा मार्केटिङ गर्नु अनिवार्य हो। हामी फिल्म बनाउने मान्छे हो हजुर अरुको कन्ट्रोभर्सी बनाउने मान्छे होइन।

र, अर्को कुरा पूर्णबहादुरको सारंगीको पैसा नहुदाँ पनि मैले भात खाएकै थिएँ है, र अहिले पनि त्यही भात हो। पूर्णबहादुरको सारंगीको पैसा को-कसले मिलेर हिनामिना तपाईंलाई त पक्कै थाहा छ होला किनकि कसले कतिको बुष्टिङ गर्‍यो, त्यो थाहा हुनेलाई यति जाबो कुरा त के थाहा नहोला ?

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : ३१ बजे

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको