अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको प्रगति विवरण माग गर्ने « Khabarhub

अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको प्रगति विवरण माग गर्ने


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिले टियु क्रिकेट मैदानको प्रगति विवरण माग गर्ने निर्णय गरेको छ । 

शुक्रबार सिंहदरबारमा बसेको बैठकले टियु क्रिकेट मैदानको स्तरोन्नतीका लागि अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी गराउन सरकारलाई निर्देशन दिएको समिति सभापति ठाकुर गैरेले बताए । 

समितिले यही साउन १२ गते टियु क्रिकेट मैदानको स्थलगत निरीक्षण गरेको थियो । समितिले अनुगमन गरेपछि हालसम्मको बीचको अवधिमा भएका प्रगतिको विवरण उपलब्ध गराउन निर्देशन दिइएको सभापति गैरेले बताए। 

यसअघि स्थलगत अनुगमनका क्रममा स्तरोन्नतिको काममा सन्तोष जनाएको समितिले छिटै बाँकी काम सम्पन्न गर्न आवश्यक सहजीकरण गर्ने समेत जनाएको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  १ : ५६ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज