यी १३ एजेन्डासहित बनस्थलीमा रास्वपा केन्द्रीय समिति बैठक (तस्बिरहरू) « Khabarhub

यी १३ एजेन्डासहित बनस्थलीमा रास्वपा केन्द्रीय समिति बैठक (तस्बिरहरू)


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ ।

बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, केन्द्रीय विभागको प्रगति प्रतिवेदन, संसदीय दलको रुपन्देही बैठक, रुपन्देही उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ  ।

पार्टीका प्रवक्ता मनिष झाकाअनुसार यस बैठकमा विभिन्न १३ बुँदाको एजेण्डामाथि छलफल हुँदैछ । यो बैठकमा केन्द्रीय सदस्यहरूले रिपोर्टिङसमेत गर्नेभएका छन् ।

बैठकमा पूर्व केन्द्रीय सदस्यहरुलाई पुनः जिम्मेवारी दिने, विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानार्कषण गराउनेदेखि केन्द्रीय विभाग र प्रदेश विभागको नयाँ नियुक्ति सम्बन्धमा छलफल हुँदैछ ।

बैठकका एजेन्डाहरू

१. समसामयिक राजनैतिक एवम् पार्टी गतिविधि सम्बन्धमा, केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन, आदी

२. प्रदेश इन्चार्जको प्रदेश रणनीतिको सार एवम् रिपोर्ट (अधिकतम ३ मिनेटका दरमा)

३. केन्द्रीय सदस्य रिपोर्टिङ (अधिकतम् २ मिनेटका दरमा)

४. पार्टी सचिवालय बैठकका निर्णयहरूमा छलफल र अनुमोदन।

५. विधान व्याख्या अनुमोदन सम्बन्धमा।

६. केन्द्रीय विभागको प्रमुख मनोनयन सम्बन्धमा।

७. पूर्व केन्द्रीय सदस्यलाई पुनः जिम्मेवारी दिने प्रस्तावको सम्बन्धमा।

८. पार्टीको निर्वाचन आयोगमा मनोनयन सम्बधमा।

९. रणनीतिक समूह गठन सम्बन्धमा।

१०. संगठन सवलीकरणका लागि केन्द्रीय समिति र केन्द्रीय विभागलाई थप जिम्मेवारी सम्बन्धमा।

११. विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको ब्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने सम्बन्धमा।

१२. सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षरबारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने सम्बन्धमा ।

१३. विविध
*    अधिवेशन प्रतिनिधि समयविन्दु (केन्द्रीय विभाग, प्रदेश विभागको नयाँ नियुक्ति)  सम्बन्धमा ।
*    मधेश प्रदेश सह-महामन्त्री सिफारिस सम्बन्धमा ।
*    पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत ।
*    सांसदहरूको लेबी सम्बन्धमा।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  २ : ५३ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको