बेरुजु फर्छ्यौटका लागि राज्यका निकायलाई जबाफदेही बनाउन सरकारको ध्यानाकर्षण « Khabarhub

बेरुजु फर्छ्यौटका लागि राज्यका निकायलाई जबाफदेही बनाउन सरकारको ध्यानाकर्षण


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु फर्छ्यौटका लागि राज्यका निकायलाई जबाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले हरेक वर्ष बेरुजु बढ्दै गएकाले कानुनको पूर्ण कार्यान्वयन र कार्यसम्पादनमा बेरुजुलाई जोडेर राज्यका निकायलाई जबाफदेही बनाउन सरकारको ध्यानाकर्षण गराएको हो । 

बैठकले चालू आर्थिक वर्षलाई बेरुजु फर्छ्यौट वर्षका रूपमा अभियान कै रूपमा चलाउन समेत सुझाव दिएको समिति सभापति ऋषिकेश पोखरेलले बताए । 

उनले बिभिन्न कार्यालयमा सरुवा गरी पठाउने लेखा सम्बद्ध अधिकारीको पछिल्लो दुई आर्थिक वर्षको कार्यकालको कार्यसम्पादन र आगामी कार्य योजनाका बारेमा प्रतिवेदन नै बनाएर समितिलाई पेश गर्न महालेखा परीक्षक कार्यालयलाई निर्देशन दिए । 

बैठकमा महालेखा परीक्षक तोयम रायले बेरुजु बढ्दै गए पनि त्यही अनुसार फर्छ्यौटको काम पनि अघि बढेको धारणा राखे । उनले मन्त्रालयको बेरुजु कम गर्न सचिवहरूले पनि ध्यान दिनुपर्नेमा जोड दिए ।  

त्यस्तै बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिवहरूले बेरुजु फर्छ्यौटका देखिएका समस्याका बारेमा जानकारी गराएका थिए भने समिति सदस्यहरूले कार्यसम्पादनमा बेरुजुलाई जोडेर नै जबाफदेही बनाउनुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ४ : ३६ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज