बूढीगण्डकी आयोजनालाई चाँडो अगाडि बढाउनुपर्छ : मन्त्री खडका « Khabarhub

बूढीगण्डकी आयोजनालाई चाँडो अगाडि बढाउनुपर्छ : मन्त्री खडका


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई चाँडो अगाडि बढाउनुपर्ने बताएका छन् ।

बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाको शपथ समारोहमा मन्त्री खड्काले बूढीगण्डकी जलविद्युत् आयोजनालाई चाँडो अगाडि बढाउन लाग्नुपर्ने बताएका हुन् । 

मन्त्री खड्काले बूढीगण्डकी जस्तो बृहत् र रणनीतिक राष्ट्रिय आयोजना कार्यान्वयनको चरणमा प्रवेश गर्न लागेकाले यसलाई स्पष्ट कार्य योजनासहित गुणस्तरीय प्रगति देखिने गरी अघि बढाउन निर्देशन दिए । 

आयोजनामा पारदर्शिता, दक्षता र समयपालनाको सुनिश्चितता आवश्यक रहेको उनले बताए  । नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको व्यावसायिक अनुभवले आयोजनालाई गति दिने मन्त्री खड्काले विश्वास व्यक्त गरे । 

आयोजनालाई सार्वजनिक–निजी साझेदारी मोडलमा अगाडि बढाउने विषयमा नीतिगत स्पष्टता र लगानी सुरक्षाको वातावरण सिर्जना गर्नु नेतृत्वको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो । 

‘एक हजार २०० मेगावाट क्षमताको यो बहुउद्देश्यीय आयोजनाबाट विद्युत् उत्पादनसँगै सिँचाइ, बाढी नियन्त्रण, पर्यटन र रोजगारी सिर्जनामा समेत योगदान पुग्नेछ, यो राष्ट्रिय महत्वको आयोजनामा समयमै लक्ष्य तथा उद्देश्य हासिल गरी मुलुक र जनताले प्रत्यक्ष लाभ लिन सक्ने वातावरण तयार गर्नुपर्छ,’ मन्त्री खड्काले भने ।

प्रमुख कार्यकारी अधिकृत रजौरियालाई कम्पनीका अध्यक्ष एवं ऊर्जा सचिव सुरेश आचार्यले शपथग्रहण गराउनुभएको थियो । शपथग्रहण समारोहमा जलस्रोत तथा सिँचाइ सचिव सरीता दवाडी र मन्त्रालयका उच्चपदस्थ कर्मचारीको सहभागिता थियो । रासस

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ५ : ०१ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने