भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि | Khabarhub Khabarhub

भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

रसुवा – गत असार २४ गते बिहान नेपाल-चीन सीमास्थित रसुवागढीमा आएको बाढीमा परेर बेपत्ता प्रहरी जवान मुन्ना ठाकुरको शव नभेटिएपछि कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ।

बाराको फेटा गाउँपालिका–१ निवासी २४ वर्षीय ठाकुरको महिना बित्दा पनि शव नभेटिएपछि परिवारका सदस्यले शुक्रबार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्।

ठाकुरका एकजना नाबालक छन् । कुशको शव बनाएर अन्त्येष्टि गरिँदा परिवारका सदस्यसहित गाउँले शोकमग्न देखिए ।

उनको दरबन्दी जिल्ला प्रहरी कार्यालय पर्सामा थियो । तर उनी रसुवाको टिमुरे इलाका प्रहरी कार्यालयमा थिए । असार २४ गते राति बाढी आएपछि उद्धारमा जाने क्रममा उनी बाढीमा परेका थिए । तिब्बततर्फको ल्हेन्दे खोलाको बाढीले उनलाई पनि बगाएर बेपत्ता पारेको थियो ।

बाढीले उद्धारमा ठाकुरसहित प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान लोकेन्द्र बोहोरा, ६ चिनियाँ नागरिक र ११ स्थानीयबासीलाई पनि बगाएको थियो ।

उक्त घटनामा परेर बेपत्ता प्रसनि श्रेष्ठको शव त्यहाँदेखि सय किलोमिटर भन्दा तल चितवनस्थित त्रिशूली नदी किनारमा भेटिएको थियो । तर त्यसपछि अन्य बेपत्ता फेला परेका छैनन् ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ५ : १५ बजे

उच्चका २७ न्यायाधीश नियुक्ति असमावेशी भन्दै नेपाल बारको विरोध

काठमाडौं- उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिसम्बन्धी निर्णयप्रति नेपाल बार

प्रचण्डले अन्तिमसम्म आत्मालोचना गर्न भनिरहे, टसमस नभएका जनार्दनले अड्डी कसिरहे

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्डले साउन १७-१९

आइएसएसआरको नीति संवाद – अर्थतन्त्र पुनरुत्थानबारे गभर्नर र सरोकारवालाबीच छलफल (तस्बिरहरू)

काठमाडौँ – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर)

नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी