जापानमा घरेलु खर्च १.३ प्रतिशतले वृद्धि | Khabarhub Khabarhub

जापानमा घरेलु खर्च १.३ प्रतिशतले वृद्धि


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानमा घरेलु खर्च गत वर्षको सोही अवधिको तुलनामा १.३ प्रतिशतले वृद्धि भएको छ, जुन लगातार दोस्रो महिना वृद्धि भएको देखिएको हो । गाडी किन्न र विद्युत् महसुलमा गरिएको खर्चले यो वृद्धि सम्भव भएको जापानी सरकारले जनाएको छ ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, दुई वा दुईभन्दा बढी सदस्य भएका परिवारले औसत दुई लाख ९५ हजार ४१९ येन (करिब  दुई हजार अमेरिकी डलर) खर्च गरेका थिए । 

विभागका अनुसार, यातायात र सञ्चार क्षेत्रमा खर्च ८.६ प्रतिशतले बढेको छ भने ऊर्जा र पानीमा गरिएको खर्च ६.३ प्रतिशतले वृद्धि भएको छ । यो गर्मीको मौसममा एयर कन्डिसनरको बढी प्रयोगका कारण भएको बताइएको छ ।

तर, खाद्यान्नमा खर्च भने २.१ प्रतिशतले घटेको छ, जुन पछिल्ला तीन महिनामा पहिलो गिरावट हो। विशेष गरी चामलको खर्चमा १२.१ प्रतिशतको गिरावट आएको छ, जसको कारण सरकारले यसअघि आफ्ना भण्डारबाट चामल रिलिज गरेपछि उपभोक्ताहरूले सस्तो वा कम चामल किनेको मानिएको छ ।

घरेलु खर्च जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आधाभन्दा बढी हिस्सा ओगट्ने भएकाले, यसलाई देशको निजी उपभोगको प्रमुख सूचकको रूपमा लिइन्छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ६ : ०८ बजे

कोशी ब्यारेजमा जलसतह बढेपछि ३१ ढोका खोलियो

सुनसरी – सप्तकोशी नदीमा पानीको सतह बढेको छ। जिल्ला प्रहरी

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ १६ गते सोमबार । भाद्र

आज २०८२ साल भदौ १६ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ १६ गते सोमबार ।

गंगा सोनामले जितिन् ‘नेपाल आइडल सिजन–६’को उपाधि

काठमाडौं – चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को छैटौं सिजनमा