मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बरहथवा– सर्लाहीको बलरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

शुक्रबार बलरा नगरपालिका–११ वडा कार्यालय नजिकै बिआर३०के ४६९४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको थियो । 

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी सोही स्थान बस्ने सहिब बैठाकी श्रीमती ५५ वर्षीया चन्दादेवी बैठाको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनलाई अचलगढ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका ३५ वर्षका जितेन्द्र ठाकुरसमेत घाइते भएका छन् ।

उनको प्रादेशिक अस्पताल मलङ्गवा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

यसैबीच अचलगढ अस्पतालमा रहेको एम्बुलेन्समा इन्धन नभएका कारण बिरामीलाई समयमै अन्य अस्पताल लैजान नसक्दा बिरामीको मृत्यु भएको स्थानीयले गुनासो गरेका छन् । 

एम्बुलेन्समा पम्पबाट इन्धन ल्याएर हालेर बिरामी लैजाँदा दुई घण्टा ढिलो अस्पताल पुगेका कारण बिरामीको ज्यान गएको परिवारको आरोप छ । रासस

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ७ : २४ बजे

बञ्चरो प्रहार गरी भाइले गरे दाइको हत्या

सप्तरी – सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र

बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा – बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९

‘अर्थतन्त्रमा नयाँ चुनौती थपिए, सुधारले गति लिन सकेन’

काठमाडौँ – अर्थतन्त्रले अझैपनि अपेक्षित सुधारको दिशा ग्रहण गर्न नसकेको