नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न गृहमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न गृहमन्त्रीको निर्देशन


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नागरिकले सुरक्षाको अनुभूति प्राप्त गर्ने गरी उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिएका छन्  ।

शुक्रबार काठमाडौँ उपत्यका प्रहरी र काठमाडौँ प्रहरी परिसर कार्यालयको निरीक्षणपछि उनले उपत्यकामा शान्ति सु–व्यवस्था कायम गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताए  । 

प्रहरीले निर्वाह गरेको काम कारबाही जनताप्रति उत्तरदायी र जबाफदेही हुनुपर्ने भन्दै उनले मानवअधिकारको संरक्षण एवं संवर्द्धनमा थप सजग भई महिला हिंसा, घरेलु हिंसा, बालबालिका एवं ज्येष्ठ नागरिकविरुद्ध हुने गतिविधिप्रति थप संवेदनशील हुनुपर्नेमा जोड दिए ।

‘सडक दुर्घटना, लागूऔषध, आत्महत्या, साइबर अपराध, अनलाइन ठगी, आर्थिक अपराध चुनौतीका रूपमा देखापरेकाले सोको समाधान गर्न प्रविधिको उच्चतम प्रयोग गर्दै अझ बढी क्रियाशील हुनुपर्नेछ’, उनले भने, ‘प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन सरकार गम्भीर छ ।’ उनले गुण्डागर्दी र बिचौलियालाई निस्तेज पार्न पनि प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

‘प्रहरी कार्यालयले दिने सेवालाई सर्वसुलभ र झन्झटरहित बनाउन शिष्ट आचरण/व्यवहारका साथ सेवाग्राहीको समस्या एवं गुनासोलाई सम्बोधन गर्नुपर्छ’, उनले भने, ‘शिष्टता देखाएर काम गर्दा कसैको कद घट्दैन ।’

कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले नागरिकलाई अनुभूति हुने गरी काम गर्न आग्रह गरे । ‘उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दछु’, उनले भने, ‘प्रहरीको कार्यसम्पादन सरकारसित जोडिएको विषय पनि हो ।’

त्यसैगरी प्रहरी महानिरीक्षक दीपक थापाले उपत्यकामा शान्ति सुव्यवस्था कायम गर्न, अपराध नियन्त्रण एवं अनुसन्धान, ट्राफिक व्यवस्थापनका साथै विपद् व्यवस्थापनमा समेत काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सीमित जनशक्ति, स्रोत साधनका बीच पनि उत्कृष्ट रूपमा निर्वाह गर्दै आइरहेको बताए  । उनले शान्ति सुरक्षालाई थप मजबुद बनाउन उपत्यका प्रहरी कार्यालय सदैव क्रियाशील रहेको बताए । रासस

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ७ : ४७ बजे

बञ्चरो प्रहार गरी भाइले गरे दाइको हत्या

सप्तरी – सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र

बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा – बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९

‘अर्थतन्त्रमा नयाँ चुनौती थपिए, सुधारले गति लिन सकेन’

काठमाडौँ – अर्थतन्त्रले अझैपनि अपेक्षित सुधारको दिशा ग्रहण गर्न नसकेको