बिजुलीको पोलमा चढेका मजदुरको करेन्ट लागेर मृत्यु « Khabarhub

बिजुलीको पोलमा चढेका मजदुरको करेन्ट लागेर मृत्यु


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका–११ नेपालटारमा आज करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

स्थानीय हिलेटोल हाइटस्थित फाइबर वल्र्ड कम्युनिकेशन प्रालिमा काम गर्ने सोही नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका–८ स्थायी घर भएका २४ वर्षीय राजन भुजेलको आज करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक कुलदीप चन्दले बताए ।

नेटको तार तान्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल वसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

यसैबीच काठमाडौं महानगरपालिका–२० कोहिटी डेरा गरी बस्ने दाङ गढवा गाउँपालिका–६ घर भएकी ३० वर्षीया सुनिता योगीको कोठाबाट ल्यापटप एक थान, मोबाइल एक थान र नगदसमेत गरी करिब रु एक लाख बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ८ : ५४ बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले