रास्वपाले रविको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने | Khabarhub Khabarhub

रास्वपाले रविको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने भएकाे छ ।

पार्टीका अनुसार श्रावण २४ गते, शनिबार, दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म भैरहवा जिल्ला कारागार गेटअगाडिको मन्दिर प्रांगण र काठमाडौंको चःमति वनस्थलीस्थित घण्टीघरमा कार्यक्रम हुने छ। कार्यक्रममा लामिछानेको फोटो कटआउटमा राखी बाँधेर रक्षाबन्धन मनाइने पार्टीले जनाएको छ ।

रास्वपाले कार्यक्रममा सहभागी भई समर्थन जनाउन सम्पूर्ण समर्थक र शुभेच्छुकलाई आह्वान गरेको छ। यो अभियान लामिछानेप्रति ऐक्यबद्धता र न्यायको पक्षमा जनचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ९ : ३८ बजे

बञ्चरो प्रहार गरी भाइले गरे दाइको हत्या

सप्तरी – सप्तरीको राजविराज नगरपालिका–२ स्थित पडरियामा आज घरायसी विवादका

सर्लाहीको ईश्वरपुरमा यात्रुबस दुर्घटना हुँदा १८ जना घाइते

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको ईश्वरपुरमा बस दुर्घटना हुँदा १८

महासंघका अध्यक्ष ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख रेने बीच भेटवार्ता

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र

बडीमालिका फर्कने क्रममा भिरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा – बडीमालिकाको दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा त्रिवेणी नगरपालिका–९

‘अर्थतन्त्रमा नयाँ चुनौती थपिए, सुधारले गति लिन सकेन’

काठमाडौँ – अर्थतन्त्रले अझैपनि अपेक्षित सुधारको दिशा ग्रहण गर्न नसकेको