सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता « Khabarhub

सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सोमबार काठमाडौंमा माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन्। सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।

प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरुले अनुमति लिइसकेका छन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले भने, ‘निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन।’

जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन्। उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए।

जेनजी पुस्ताले माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम राखेका छन्।

जेनजी पुस्ताको आन्दोलनलाई जनप्रतिनिधि र नेताले समर्थन गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यक्रममा आफ्नो समर्थन रहेको उल्लेख गरेका छन्। कांग्रेस नेता शेखर कोइरालालेसमेत यो आन्दोलन जायज भएको बताएका छन्।

यता राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफू जेनजी पुस्ताले गर्ने प्रदर्शनमा सहभागी हुने बताएका छन्।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : ३७ बजे

विशुखर्कमा दुई सयभन्दा बढीले लिए निःशुल्क स्वास्थ्य सेवा

तम्घास– स्थानीय चन्द्रकोट गाउँपालिका–२ विशुखर्कमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट २०४

अचार बनाएर उद्यमी बन्ने अभियानमा महिला

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–३ की पार्वतीदेवी डगौराले घरबारी र बगैँचामा फल्ने

ढुङ्गा बोकेर अर्थतन्त्र सुध्रिदै

नेपालको समकालीन राजनीतिक इतिहासमा विसं २०७९ को स्थानीय निर्वाचन एउटा

राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई

अमेरिकामा वायुसेनाको बमवर्षक विमान दुर्घटना, आठ जनाको मृत्यु

क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै