जेन–जी पुस्ताको आन्दोलनले उपत्यकामा सुरक्षा व्यवस्था कडा, ‘ड्रोन’बाट निगरानी « Khabarhub

जेन–जी पुस्ताको आन्दोलनले उपत्यकामा सुरक्षा व्यवस्था कडा, ‘ड्रोन’बाट निगरानी


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी पुस्ताको प्रदर्शनका कारण काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जेन–जी पुस्ताको प्रदर्शनको चर्चाबीच आइतबारदेखि आवश्यक सुरक्षा प्रबन्ध गरिएको र सोही अनुसार बिहानदेखि सुरक्षाकर्मी आवश्यकताका आधारमा परिचालन भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।

उनका अनुसार अवाञ्छित गतिविधि हुनसक्ने कुरालाई ध्यानमा राखेर ड्रोनबाट समेत निगरानी भइरहेको छ । ‘यसले एउटा ‘रेकर्डेट’ पनि हुन्छ र कुनै घटना भइहालेमा पनि त्यसलाई नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकिन्छ भनेर ड्रोनबाट निगरानी गरिरहेका छौँ, अन्य सबै क्षेत्रमा आवश्यकताका आधारमा सुरक्षा टोली परिचालन भएको छ’, प्रजिअ रिजालले भने ।

अहिले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म जेन–जी पुस्ता भेला भएको जानकारी आएको बताउँदै काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले तीनवटै जिल्लामा आवश्यकताका आधारमा उचित सुरक्षा प्रबन्ध रहेको बताए ।

मुलुकमा व्याप्त भ्रष्टाचार, नातावाद, सामाजिक सञ्जालमा लगाइएको रोकलगायत विरुद्ध भन्दै जेन–जी पुस्ताले आज उपत्यकामा प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  १२ : १२ बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि