यिनीहरूलाई शासक हौँ भन्ने हक बाँकी रहेन, सत्ता छाड्नुपर्छ अब : आचार्य « Khabarhub

यिनीहरूलाई शासक हौँ भन्ने हक बाँकी रहेन, सत्ता छाड्नुपर्छ अब : आचार्य


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानविद् तथा विश्लेषक भिमार्जुन आचार्यले जेनजी पुस्ताको आन्दोलनमा सरकारको भूमिकामा नालायकीको पराकाष्ठा देखिएको भन्दै शासक बन्ने हक नरहेको बताएका छन् । जेनजी आन्दोलनको विषयमा खबरहबसँग कुरा गर्दै आचार्यले शासकले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

‘यो एकदमै चिन्ताको विषय हो, नालायकीपनको पराकाष्ठा हो, अब यिनीहरूलाई सत्तामा बस्ने, हामी शासक हौँ भन्ने कुनै हक नै बाँकी रहेन, सत्ता छाडिदिनुपर्छ, मार्ग प्रशस्त गरिदिनुपर्छ अब’, उनले भने ।

उनले युवाहरूले गरेको आन्दोलन स्वभाविक भएको भन्दै युवाहरूले करोडौं मानिसको प्रतिनिधित्व गरेको बताए ।

‘आज युवाहरूले गरेको आन्दोलन एकदमै स्वतः स्फूर्त थियो, जेनजी नयाँ पुस्ता जे नाम दिए पनि करोडौं नेपालीको विचारको प्रतिनिधित्व गरेका छन्, किनभने यो देशमा विधिको शासन, सुशासनको विषयमा हेर्ने हो भने त्यसको वेथितिको पराकाष्ठा छ, यस्तो अवस्थामा युवा होस् की जुनसुकै उमेरको मान्छे होस् उसले देशको र भविष्यको चिन्ता गर्नु स्वभाविकै हो’, आचार्यले भने ।

तर, सरकारले ठूलो हताहती हुने बेलासम्म पनि सरकारले कुनै सम्बोधन नगर्ने विषयले सरकारको लाचारीपन, नालायकी र जवाफदेहिता बिहीनताको पराकाष्ठा प्रदर्शन गरेको उनले बताए । जुन विषयले निकै चिन्ता पैदा गरेको आचार्यको भनाइ छ । 

साथै, सोमबार युवाहरूले देशैभरी स्वतःस्फूर्त रूपमा आन्दोलन अगाडि बढाइसकेपछि पनि सरकारले समयमा नै सम्बोधन गरेको भए अहिले भइरहेको क्षति हुन अवस्था विकास नहुने आचार्यले बताए ।

‘सरकारले समयमा नै सम्बोधन गरेको भए प्रदर्शनमा आएका युवाहरूलाई पनि सान्त्वना हुन्थ्यो, तपाईँहरूले उठाएका कुरा जायज हुन्, हामीले यसलाई सम्बोधन गर्छौं, यो कारणले अहिलेसम्म सम्बोधन गर्न सकेनौँ भनेर क्षमा मागेर केही कुरा बोल्दिएको भए पनि ठूलो क्षति हुँदैनथ्यो, यो क्षति कसरी पूर्ति हुन सम्भव छ ?’, आचार्यले प्रश्न गरे ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ३ : ५७ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही