इटहरीमा गोली लागेर एक जनाको मृत्यु « Khabarhub

इटहरीमा गोली लागेर एक जनाको मृत्यु


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

सुनसरी- प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि बढेको तनावबीच प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको छ।

सरकारविरुद्ध आन्दोलनरत जेन-जी पुस्ताका प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा आगो लगाएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो ।

त्यसक्रममा प्रहरीको गोली लागेर एकजनाले ज्यान गुमाएका छन्। उता आगजनीबाट उपमहानगर कार्यालय भवनमा ठूलो क्षति पुगेको छ ।

प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् ।

यअघि प्रदर्शन चर्किँदै जाँदा सुनसरी प्रशासनले इटहरीमा कर्फ्यू आदेश जारी गरेको थियो । जेन-जीले बिहान ११ बजेदेखि इटहरीको मुख्य चोक घेरेर प्रर्दशन गरेका थिए ।

त्यसपछि जेन-जीले उपमहानगरपालिका कार्यालयअगाडि गएर प्रर्दशन गरेका थिए । प्रदर्शन उग्र बनेपछि उपमहानगरपालिका कार्यालयमा आगजनी गरिएको थियो । त्यसपछि तनाव चुलिँदा प्रहरीले गोली चलाएको थियो ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ५ : ५४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र