इटहरीमा गोली लागेर दुई जनाको मृत्यु, उपमहानगरको आगो नियन्त्रमा आउन सकेन « Khabarhub

जेन-जीको प्रदर्शन

इटहरीमा गोली लागेर दुई जनाको मृत्यु, उपमहानगरको आगो नियन्त्रमा आउन सकेन


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जीको प्रदर्शनका क्रममा सुनसरीमा दुई जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि बढेको तनावबीच प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रकाश पराजुलीले बताएका छन् । उनका अनुसार मृतकको पहिचान भने खुल्न सकेको छैन । 

यस्तै प्रदर्शनका क्रममा घाईते चार जनाको विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।  

सरकारविरुद्ध आन्दोलनरत जेन-जी पुस्ताका प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा आगो लगाएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । उपमहानगर मा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगजनीबाट उपमहानगर कार्यालय भवनमा ठूलो क्षति पुगेको छ ।

प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् ।

यअघि प्रदर्शन चर्किँदै जाँदा सुनसरी प्रशासनले इटहरीमा कर्फ्यू आदेश जारी गरेको थियो । जेन-जीले बिहान ११ बजेदेखि इटहरीको मुख्य चोक घेरेर प्रर्दशन गरेका थिए ।

त्यसपछि जेन-जीले उपमहानगरपालिका कार्यालयअगाडि गएर प्रर्दशन गरेका थिए । प्रदर्शन उग्र बनेपछि उपमहानगरपालिका कार्यालयमा आगजनी गरिएको थियो । त्यसपछि तनाव चुलिँदा प्रहरीले गोली चलाएको थियो ।

इटहरीमा गोली लागेर एक जनाको मृत्यु

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : ०७ बजे

२७औँ फ्लोरा एक्स्पो एक करोड २२ लाखको कारोबार

काठमाडौं– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ फ्लोरा

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार