इटहरीमा गोली लागेर दुई जनाको मृत्यु, उपमहानगरको आगो नियन्त्रमा आउन सकेन « Khabarhub

जेन-जीको प्रदर्शन

इटहरीमा गोली लागेर दुई जनाको मृत्यु, उपमहानगरको आगो नियन्त्रमा आउन सकेन


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जीको प्रदर्शनका क्रममा सुनसरीमा दुई जनाको मृत्यु भएको छ ।

प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि बढेको तनावबीच प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रकाश पराजुलीले बताएका छन् । उनका अनुसार मृतकको पहिचान भने खुल्न सकेको छैन । 

यस्तै प्रदर्शनका क्रममा घाईते चार जनाको विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।  

सरकारविरुद्ध आन्दोलनरत जेन-जी पुस्ताका प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा आगो लगाएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । उपमहानगर मा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगजनीबाट उपमहानगर कार्यालय भवनमा ठूलो क्षति पुगेको छ ।

प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् ।

यअघि प्रदर्शन चर्किँदै जाँदा सुनसरी प्रशासनले इटहरीमा कर्फ्यू आदेश जारी गरेको थियो । जेन-जीले बिहान ११ बजेदेखि इटहरीको मुख्य चोक घेरेर प्रर्दशन गरेका थिए ।

त्यसपछि जेन-जीले उपमहानगरपालिका कार्यालयअगाडि गएर प्रर्दशन गरेका थिए । प्रदर्शन उग्र बनेपछि उपमहानगरपालिका कार्यालयमा आगजनी गरिएको थियो । त्यसपछि तनाव चुलिँदा प्रहरीले गोली चलाएको थियो ।

इटहरीमा गोली लागेर एक जनाको मृत्यु

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : ०७ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका