रूपन्देहीको भैरहवा र बुटवलमा निषेधाज्ञा जारी « Khabarhub

रूपन्देहीको भैरहवा र बुटवलमा निषेधाज्ञा जारी


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

भैरहवा– जिल्ला प्रशासन कार्यालय रूपन्देहीले यहाँको भैरहवा र बुटवलमा निषेधाज्ञा आदेश जारी गरेको छ । सोमबार अपराह्‍न ४ः०० बजेदेखि रातिको १०ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

जेन-जीहरूको प्रदर्शन उग्र बन्दै गएपछि भैरहवाको पूर्वमा रोहिणी खोला पुल, पश्चिममा बेथरी पुल, उत्तरमा बुद्धचोक र दक्षिणमा मेउडिहवासम्म निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा उल्लेख छ । 

यसैगरी बुटवलमा पूर्वतर्फ पेट्रोलपम्प धागो कारखाना, पश्चिममा बेलबास चोक, उत्तरमा चिडिया खोला र दक्षिणमा मंगलापुर तथा बुटवल भैरहवा सडकको दाँयाबाँया १०० मिटरसम्म निषेधाज्ञा लगाइएको आदेशमा उल्लेख छ । 

उल्लेखित निषेधाज्ञा लगाइएको क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस प्रदर्शन, बैठक, घेराउ गर्न प्रतिबन्ध लगाइएको छ ।
 

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ६ : २४ बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि