निजामती कर्मचारी अस्पतालमा १३५ घाइतेको उपचार हुँदै  « Khabarhub

निजामती कर्मचारी अस्पतालमा १३५ घाइतेको उपचार हुँदै 


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा जेन-जी प्रदर्शनमा घाइते भएका १३५ जनाको उपचार भइरहेको छ । 

अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार उपचारका क्रममा तीन जनाको निधन भएको र थप घाइते आउने क्रम जारी छ । 

‘प्रदर्शनकारी र प्रहरीबीचको झडपमा अहिले पनि अस्पतालसम्म अश्रुग्यास आइरहेको छ’, उनले भने, ‘घाइते अझ कति हुने हुन् थाहा छैन । हामीले आकस्मिक कक्षमा अस्पतालको पूरै जनशक्ति लगाएर उपचार गरिरहेका छौँ ।’

अपराह्‍न १२ः०० बजेदेखि आकस्मिक उपचार कक्षमा घाइतेहरू उपचारका लागि आउन थालेको उनले बताए। अस्पतालमा उपचार हुन नसकेका १४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको उनले जानकारी दिए । 

प्रदर्शनकारीले नयाँ बानेश्वर केन्द्रित प्रदर्शन गरेपछि अस्पताल नजिक भएकाले घाइतेहरू उपचारका लागि धेरै सङ्ख्यामा आएको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ६ : ४७ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र