गृहमन्त्री लेखक बालुवाटारबाट बूढानीलकण्ठतिर « Khabarhub

गृहमन्त्री लेखक बालुवाटारबाट बूढानीलकण्ठतिर


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री रमेश लेखक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा सहभागी भएर बूढानीलकण्ठ पुगेका छन् ।

सोमबार जेन-जी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा कम्तीमा पनि १९ जनाको ज्यान गएको अवस्थामा गृहमन्त्री लेखक कांग्रेस सभापति शेरबहादुर देउवासँग संवादका लागि बूढानीलकण्ठ पुगेका हुन् ।

उनी सिंहदरबारबाट सुरक्षा प्रमुखहरूसहित बालुवाटार पुगेका थिए । बालुवाटारमा सुरक्षा परिषद्को बैठक सकिएपछि उनी बूढानीलकण्ठ गएका हुन् ।

लेखक बालुवाटारमै जारी संघीय मन्त्रिपरिषद्को बैठकमा देखिएका छैनन् । बूढानीलकण्ठमा नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखिएको छ। उक्त बैठकमा लेखकलाई पनि बोलावट भएको हो ।

बैठकमा कांग्रेसबाट सरकारका नेतृत्वकर्ता उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह पनि सहभागी छन् ।

सोमबार १९ जनाको ज्यान जाने गरी दमन भएपछि गृहमन्त्री लेखकमाथि राजीनामाको दबाब बढेको छ।

उक्त घटनापछि उनले सुरक्षा प्रमुखहरूको पनि ब्रिफिङ लिएका थिए । स्रोतका अनुसार उनलाई सुरक्षा प्रमुखहरूले जेन-जीको आन्दोलनमा यो तहको घूसपैठ होला भन्ने आफूहरूले नसोचेको बताएका छन् ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ७ : ३६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र