राजीनामा दिने तयारीमा गृहमन्त्री, कांग्रेस बैठकमा भने- नैतिक जिम्मेवारी लिन्छु « Khabarhub

राजीनामा दिने तयारीमा गृहमन्त्री, कांग्रेस बैठकमा भने- नैतिक जिम्मेवारी लिन्छु


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ- गृहमन्त्री रमेश लेखकले सोमबार १९ जनाको ज्यान जाने गरी भएको जेन-जीहरूको आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिने बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा लेखकले सोमबारको घटनाको नैतिक जिम्मेवारी लिने बताएका हुन् ।

‘म यो घटनाको नैतिक जिम्मेवारी लिन्छु । आन्तरिक सुरक्षाको जिम्मेवारी बोकेको कारण मैले जिम्मेवारी लिनुपर्छ’, उनले बैठकमा भने,‘जेन-जीको आन्दोलनमा भएको झडप र हताहतीले म दु:खी छु । त्यसैले मैले नैतिक जिम्मेवारी लिँदै पदमा बसिरहनु उचित ठानेको छैन ।’

बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री जीवन परियारले गृहमन्त्री लेखक पदमा बस्ने मुडमा नरहेको जानकारी दिए । ‘हामी उपस्थित हुन्जेल उहाँका कुरा सुन्दा पद छाड्ने तयारी गरेको बुझ्यौँ । यद्यपि उहाँले राजीनामा दिइसक्नु भएको छैन’, उनले खबरहबलाई भने, ‘अहिले पनि पदाधिकारी बैठक चलिरहेको छ । सायद आजै केही न केही निष्कर्ष आउला ।’

अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ। बैठकमा पनि र लेखकले आफूले राजीनामा दिने विषयमा बोल्छन् या बोल्दैनन् त्यो हेर्ने बाकी छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ७ : ४५ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र