राजीनामा दिने तयारीमा गृहमन्त्री, कांग्रेस बैठकमा भने- नैतिक जिम्मेवारी लिन्छु « Khabarhub

राजीनामा दिने तयारीमा गृहमन्त्री, कांग्रेस बैठकमा भने- नैतिक जिम्मेवारी लिन्छु


२३ भदौ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ- गृहमन्त्री रमेश लेखकले सोमबार १९ जनाको ज्यान जाने गरी भएको जेन-जीहरूको आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिने बताएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा लेखकले सोमबारको घटनाको नैतिक जिम्मेवारी लिने बताएका हुन् ।

‘म यो घटनाको नैतिक जिम्मेवारी लिन्छु । आन्तरिक सुरक्षाको जिम्मेवारी बोकेको कारण मैले जिम्मेवारी लिनुपर्छ’, उनले बैठकमा भने,‘जेन-जीको आन्दोलनमा भएको झडप र हताहतीले म दु:खी छु । त्यसैले मैले नैतिक जिम्मेवारी लिँदै पदमा बसिरहनु उचित ठानेको छैन ।’

बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री जीवन परियारले गृहमन्त्री लेखक पदमा बस्ने मुडमा नरहेको जानकारी दिए । ‘हामी उपस्थित हुन्जेल उहाँका कुरा सुन्दा पद छाड्ने तयारी गरेको बुझ्यौँ । यद्यपि उहाँले राजीनामा दिइसक्नु भएको छैन’, उनले खबरहबलाई भने, ‘अहिले पनि पदाधिकारी बैठक चलिरहेको छ । सायद आजै केही न केही निष्कर्ष आउला ।’

अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ। बैठकमा पनि र लेखकले आफूले राजीनामा दिने विषयमा बोल्छन् या बोल्दैनन् त्यो हेर्ने बाकी छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ७ : ४५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र