नेपालमा भएको प्रदर्शनबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले के छापे ? « Khabarhub

नेपालमा भएको प्रदर्शनबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले के छापे ?


२३ भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा भएको हिंसात्मक प्रदर्शनलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पनि महत्वका साथ समाचार प्रकाशन गरेका छन् । जेनजीले आयोजना गरेको प्रदर्शनमा हालसम्म १९ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन् ।

समाचार संस्था रोयटर्सले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय र भ्रष्टाचारविरुद्ध भएको प्रदर्शनमा प्रहरीले रबरको गोली र अश्रुग्यास प्रहार गर्दा १९ जनाको मृत्यु भएको खबर लेखेको छ । प्रदर्शनकारीले संसद भवन प्रवेश गर्न खोजेपछि आन्दोलन हिंसात्मक भएको रोयटर्समा समचार छ ।

बीबीसीले प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १९ जनाको मृत्यु भएको जनाएको छ । बीबीसीले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयको विरोधमा जेनजीले आन्दोलन गरेको जनाएको छ ।

त्यसैगरी, अर्को समाचार संस्था एपीले पनि प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको जनाएको छ । एपीको समाचारमा हालसम्म १७ जनाको मृत्यु भएको उल्लेख छ । एपीले हिंसात्मक प्रदर्शनमा २८ प्रहरीहरु पनि घाइते भएको जनाएको छ । एपीले सोमबार अबेर पनि छिटफुट प्रदर्शन भइरहेको उल्लेख गरेको छ ।

अमेरिकी टेलिभिजन सीएनएनले पनि एपीकै शैलीमा समाचार छापेको छ । त्यस्तै, समाचार संस्था एफपीको समाचार उद्धृत गर्दै रेडियो फ्रान्स इन्टरन्यासन्यालले (आरएफआईले) नेपालमा भएको प्रदर्शनबारे विस्तृत फिचर लेखेको छ । समाचार छाप्दासम्म प्रदर्शनका क्रममा १४ जनाको ज्यान गएको उल्लेख छ ।

न्यूयोर्क टाइम्सले पनि नेपालमा भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध प्रदर्शन भएको समाचार लेखेको छ । न्यूयोर्क टाइम्सको समाचारमा कम्तीमा १२ जनाको ज्यान गएको उल्लेख गरिएको छ ।

अल जजीराले प्रदर्शनमा प्रहरीले युवा प्रदर्शनकारीलाई लक्षित गर्दै ‘लाइभ राउण्ड’, अश्रुग्यास र रबरको गोली चलाएको उल्लेख गरेको छ ।

बेलायती अखबार द गार्जियनको अनलाइन संस्करणले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध प्रदर्शन भएको उल्लेख गरेको छ । हिंसात्मक प्रदर्शनमा १९ जनाको ज्यान गएको गार्जियनको समााचारमा उल्लेख गरिएको छ ।

अर्को बेलायती अखबार द इण्डिपेन्डेन्टको अनलाइन संस्करणले प्रदर्शनमा दशौँ हजार जनाको सहभागिता रहेको उल्लेख गरेको छ ।

नेपालमा भएको प्रदर्शनलाई भारतीय सञ्चार माध्यमले पनि उच्च प्राथमिकता दिएर समाचार बनाएका छन् । कतिपय टेलिभिजनले प्रदर्शनको प्रत्यक्ष प्रसारण नै गरेका थिए ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार  ८ : १२ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र