जेन-जी विद्रोहको मर्ममाथि प्रहार « Khabarhub

जेन-जी विद्रोहको मर्ममाथि प्रहार



नेपालमा एक महिनाअघि देखिएको ‘जेन-जी आन्दोलन’ ले देशको राजनीतिक र सामाजिक परिदृश्यमा ऐतिहासिक मोड ल्यायो । भ्रष्टाचार, अन्याय, बेरोजगारी र राजनीतिक अकर्मण्यविरुद्ध युवाहरूले उठाएको यो आवाज देशैभर गुञ्जियो । आन्दोलनको नेतृत्व, चाहे त्यो स्वतःस्फूर्त रूपमै किन नहोस्, जनतामा आशा जगाउने माध्यम बन्यो ।

तर अहिले, आन्दोलनको तातोपन क्रमशः घट्दै जाँदा, त्यसपछिका गतिविधिहरूले जनतामा विभिन्न प्रश्न खडा गरेका छन् । आन्दोलनको भावना संस्थागत रूपमा अगाडि बढाउनुपर्ने बेला केही समूहहरू आफ्नो स्वार्थ, राजनीतिक निकटता वा प्रचारमूलक गतिविधिमा केन्द्रित हुँदै गएको देखिन्छ ।

जेन-जी आन्दोलन केवल विरोध प्रदर्शन होइन, एक मानसिक क्रान्ति थियो- जसले युवालाई प्रश्न गर्न, नेतृत्व माग्न र देशको नीति निर्माणमा सहभागी हुन प्रेरित गर्‍यो ।

त्यो आत्मा अझै मरेको छैन । गाउँदेखि सहरसम्मका युवाहरू अहिले पनि परिवर्तनको बाटो खोजिरहेका छन् । तर, आन्दोलनका अगुवाहरू र त्यसमा संलग्न समूहहरूले जनतामा देखिएको त्यो विश्वास कायम राख्न सकेका छैनन् । नेतृत्वको अभाव, स्पष्ट नीति र दीर्घकालीन योजना नहुँदा आन्दोलनको ऊर्जा क्रमशः कमजोर बन्दै गएको छ ।

जेन-जी आन्दोलनपछि आम युवाहरूमा राजनीतिक दलप्रति अविश्वास झन् गहिरो बनेको छ । पुराना दलहरूले आन्दोलनलाई अस्थायी जोशको रूपमा लिएर त्यसको मर्म बुझ्न सकेका छैनन् । सरकार र प्रशासनले पनि आन्दोलनका मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न नसकेका कारण युवाको आक्रोश अझै बाँकी छ ।

के हो त अबको रोडम्याप ?
अब आवश्यकताको जेन-जी आन्दोलनका मागहरूलाई दस्तावेजीकरण गरी राष्ट्रिय एजेण्डामा रूपान्तरण गर्नुपर्छ । युवाहरूले सडकमा उत्रिएको जोसलाई सृजनात्मक योगदानमा रूपान्तरण गर्नुपर्ने बेला आएको छ ।

यदि आन्दोलनका अगुवाहरूले पारदर्शी, समावेशी र दीर्घदृष्टियुक्त योजना अघि सारे, यो आन्दोलन इतिहासमा स्थायी नाम कमाउने छ । नत्र समयले सबै कुराको निर्मम समीक्षा गर्नेछ । तर आज जेन–जी आन्दोलनको उपलब्धिका रूपमा बनेको अन्तरिम सरकारले जुन दस्तावेजलाई टेकेर काम गरिरहेको छ, उक्त दस्तावेजबाट जेन-जीका माग पूरा हुने छैनन् ।

त्यसकारण पनि अन्तरिम सरकारले अन्तिम संविधानको मार्ग रोज्नुपर्छ र त्यसपश्चात् जेन-जीले उठाएका मागहरूको विषयमा गहन छलफल र विश्लेषण पछि सम्बोधन हुने कुरामा हामी विश्वस्त छौँ । अर्को कुरा जेन-जीका विभिन्न समूहद्वारा विभिन्न किसिमका विचार सार्वजनिक भइरहेका छन् । तर यस्ता खालका अपूर्ण विचारले देशलाई अनन्तगोत्वा खाडलमा हाल्नु बाहेक समृद्ध दिशातिर अगाडि बढाउन सक्दैन ।

वर्तमान अवस्थामा देखिएका गतिविधि केवल प्रचार, अवसरवाद र व्यक्तिगत लाभमा सीमित भए भने, यो आन्दोलन पनि अघिल्ला आन्दोलनजस्तै क्षणिक भावनामा सीमित हुनेछ ।

जेन-जी आन्दोलन नेपालको लोकतान्त्रिक इतिहासमा सत्य, पारदर्शिता र जिम्मेवार शासनको माग स्वरूप आएको एक असल चेतनाको आन्दोलन हो ।

यसको सफलता वा असफलता अब हामी युवाहरूको अनुशासन, एकता र दीर्घदृष्टिमा निर्भर छ । देशको भविष्य हाम्रा १० वटा मुख्य मागहरूमा कोरिने छन् । त्योभन्दा बाहेक यो वा त्यो लगायतका कुराहरुमा अल्झिएर समयलाई खेर फाल्ने काम भइरहेको छ । जेन-जी पुस्ता अर्थात् यो आन्दोलनका प्रवाह कर्ताहरू बीचमा फुटको सिर्जना गरी पुरानाहरूकै हातमा यो सत्ता र देश फेरि पनि बर्बादीतिर जाने कुरामा हामी गम्भीर भएर सोच–विचार गरी नेपाली जनभावना अनुरूप अगाडि बढ्नु जरुरी छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ८ : ३७ बजे

बेमौसमी वर्षाले सुनसरीमा धान उत्पादन घट्यो

धरान– बेमौसमी वर्षाका कारण यस वर्ष जिल्लामा धान उत्पादन घटेको छ

सरकारले पिसिएल नर्सिङलाई निरन्तरता दिने तयारी गरेको छ : मन्त्री गौतम

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले सरकारले एसइई

निर्धारित समयमा निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले सबै दलहरूको सहमति र आम नागरिकको

जसपा नेपालले घेर्‍यो देशैभरका जिल्ला प्रशासन कार्यालय

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालले देशभरीकै जिल्ला प्रशासन कार्यालय अगाडि

सचिवमा उम्मेदवारी दिँदै नवौँ महाधिवेशनकी कान्छी केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्काले आगामी एघारौँ महाधिवेशनमा