छिमली र पट्टा नाचमा झुमे दर्शक « Khabarhub

छिमली र पट्टा नाचमा झुमे दर्शक


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तम्घास– एकादशीदेखि कोजाग्रत पूर्णिणासम्म पश्चिम नेपालका विभिन्न जिल्लाका कोतघरमा सराय नाच हुने गर्दछ। गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ । किनकी यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ, जुन वीरलै हुन्छ । 

पूर्णिमाको दिन धुर्कोट कोतमा विशेषगरी छिमली नाच, तुरी नाच, हुँ हुँ नाच, पट्टा नाच र सराय नाच प्रदर्शन गरिन्छ । मन्दिरमा भक्तजन छिमली र पट्टा नाचमा बढी झुमेका छन् । सरायबाहेकका चार प्रकारका नाच सराय नाचसँगै सम्बन्धित रहे पनि प्रदर्शन कला भने फरक छ । 

सराय नाचको सुरुमा गन्धर्वलाई अगाडि लगाइ बाजागाजाको धुनसँगै हतियार लिएर विस्तारै हुँदै छिटो–छिटो गतिमा मौला वरिपरि नाचिने नाचलाई छिमली नाच भनिन्छ । कम्तिमा तीन पटक नाचिने यस नाचमा शक्तिको प्रदर्शन, युद्धको कला र एकताको प्रतिक प्रदर्शन गरिने नाचसम्बन्धी जानकार स्थानीय एवं हिमालय माविका प्रधानाध्यापक कृष्णप्रसाद भण्डारीले जानकारी दिए । 

कोतमा चौथो नाचको रुपमा पट्टा नाच नाचिन्छ । यस नाचमा दुईजना प्रतिद्वन्द्वीहरु ढाल र तरबार लिई बाजाको तालमा नाचने गर्छन । अनि झुक्याएजस्तो गरी एकले अर्कोलाई प्रहार गर्दछन् । तर अर्को व्यक्ति भने जोगिन्छ । यस्तो प्रहार दुवैले कम्तीमा तीन–तीन पटक गर्छन । यो देख्दा निकै डरलाग्दो देखिन्छ । यस नाचले मिल्ने साथी-साथीबीच पनि द्वन्द्व, इष्र्या र प्रतिशोध हुने भएकाले सबैसँग सतर्क हुनुपर्ने सन्देश दिने भण्डारीले बताए । 

दुवै नाच हेर्नका लागि कोतमा हजारौँ भक्तजनको भीड रहेको थियो । अन्य ठाउँमा वीरलै प्रदर्शन गरिने, लोपोन्मुख नाच भएको एवं वर्षमा एकपटक मात्र प्रदर्शन गरिने भएकोले यी नाचको विशेष महत्व रहेको छ । स्थानीय गीता पन्थीले आफूले पहिलोपटक पट्टा नाच हेरेको बताए। 

‘धेरै सुनेको थिए, तर हेरेकी थिइन’, उनले भने, ‘अहिले हेर्ने मौका मिल्यो, निकै आकर्षक हुँदोरहेछ ।’ आफू कामको सिलसिलामा बाहिर भएकाले हेर्न नपाएको उनले बताए।

मालिका गाउँपालिकाबाट आएकी वसुन्धरा घिमिरेले पनि छिमली नाच हेरेर मनोरञ्जन लिएको बताए। विगतमा एकपटक मात्र हेरेको र अहिले धेरै वर्षपछि छिमली नाच हेरेको उनले बताए। ‘वर्षमा एकपटक मात्रै देखाइन्छ, धेरै आकर्षक हुन्छ’, उनले भने। 

उल्लेखित नाचका साथै कोतमा भव्यताका साथ सराय पनि नाँचिएको छ । धुर्कोट दरबार अगाडिको पटागिंनीमा गोलो लाइन बनाएर दुई-दुई जनाको जोडीमा सयौँ व्यक्ति बाजा–गाजाको साथमा हातमा तरवार, खुकुरी, ढाल, खुडा, लठ्ठीलगायतका युद्धमा प्रयोग हुने हतियार लिएर सराय नाँचिएको छ । किम्बदन्ती अनुसार विसं १४६५ मा खड्गराज मल्ल धुर्कोटको राजा बनेपछि खुसियालीमा दसैँको पूर्णिमाका दिन विजय उत्सव मनाइएको सम्झनामा सराय नाच स्थानीय बताउँछन् । 

धुर्कोट कोतमा हुने छिमली, पट्टा एवं सराय नाचलाई व्यवस्थित गर्दै पर्यटक आकर्षित गर्न धुर्कोट गाउँपालिकाले पनि पहल गरेको छ । पालिकाले पछिल्लो समय झण्डै रु पाँच करोडभन्दा बढी खर्चेर विभिन्न संरचना निर्माण गरेको छ । धुर्कोट दरबार परिसरमा तारबार एवं लाइटिङ, सिँढी निर्माण, सङ्ग्रहालय, मन्दिरको पुनर्निर्माणलगायतका क्षेत्रमा काम गरिएको अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।

‘सङ्घ, प्रदेश र पालिकाको गरी पाँच करोडभन्दा बढीको काम गरेका छौँ’, अध्यक्ष पोखरेलले भने, ‘यस वर्ष सबैभन्दा बढी भक्तजन आउनुभएको छ ।’

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १ : ३८ बजे

‘इस्लामाबाद वार्तापछि पाकिस्तान विश्वसनीय शान्ति मध्यस्थका रूपमा उभियो’

इस्लामावाद- इरान र अमेरिकालाई एकै टेबलमा राखेर वार्ता गराउन सफल

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप