एमाले जिल्ला अध्यक्षहरूलाई ओलीले भने- परिस्थिति बुझेर मात्रै नेतृत्व छोड्न परे तयार छु « Khabarhub

एमाले जिल्ला अध्यक्षहरूलाई ओलीले भने- परिस्थिति बुझेर मात्रै नेतृत्व छोड्न परे तयार छु


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशभरका एमाले जिल्ला अध्यक्ष अध्यक्षहरूसँग भर्चुअल बैठक सम्पन्न गरेका छन् । 

बैठकमा ओलीले अहिलेको अवस्थामा नेतृत्व परिवर्तन गर्ने कुरा उपयुक्त नभएको र केन्द्रीय कमिटी बैठकले जे निर्णय गर्छ त्यो नै अन्तिम निर्णय हुने बताएका छन् । 

एमाले पाँचथर जिल्ला अध्यक्ष विमल सापकोटाका अनुसार अध्यक्षहरूले जेन-जी आन्दोलन सकारात्मक रहेको तर त्यसमा घुसपैठ भएर देशको जनधन क्षति भएकोप्रति गम्भीर आपत्ति जनाएका थिए ।

‘जेन-जीले उठाएका मागप्रति हाम्रो कुनै विमति छैन तर त्यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय तत्त्वले ठूलो घुसपैठ  गरेको छ । यसको समीक्षा हुनुपर्छ । देश नै दुर्घटनातर्फ जाने दिशामा लागेकाले यसको उपयुक्त छानबिन हुनु जरुरी छ ।’ उनले भने, ‘अहिले उहाँले नेतृत्व छोड्ने कुरा गर्नुभएको छैन केन्द्रीय कमिटी बैठकले जे निर्णय गर्छ त्यो निर्णयलाई म मान्छु भन्नुभएको छ ।

उनले थपे, ‘अध्यक्ष ओलीले परिस्थिति बुझेर मात्रै नेतृत्व छोड्न परे छोड्न तयार छु । परिस्थिति बुझेर मात्रै काम गर्छु भन्नुभयो ।’

अध्यक्ष ओलीले जिल्लाका नेतृत्वहरूलाई पनि यो कुरा बुझाएर अगाडि बढ्नका लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ५ : ५२ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक