एमाले जिल्ला अध्यक्षहरूलाई ओलीले भने- परिस्थिति बुझेर मात्रै नेतृत्व छोड्न परे तयार छु « Khabarhub

एमाले जिल्ला अध्यक्षहरूलाई ओलीले भने- परिस्थिति बुझेर मात्रै नेतृत्व छोड्न परे तयार छु


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशभरका एमाले जिल्ला अध्यक्ष अध्यक्षहरूसँग भर्चुअल बैठक सम्पन्न गरेका छन् । 

बैठकमा ओलीले अहिलेको अवस्थामा नेतृत्व परिवर्तन गर्ने कुरा उपयुक्त नभएको र केन्द्रीय कमिटी बैठकले जे निर्णय गर्छ त्यो नै अन्तिम निर्णय हुने बताएका छन् । 

एमाले पाँचथर जिल्ला अध्यक्ष विमल सापकोटाका अनुसार अध्यक्षहरूले जेन-जी आन्दोलन सकारात्मक रहेको तर त्यसमा घुसपैठ भएर देशको जनधन क्षति भएकोप्रति गम्भीर आपत्ति जनाएका थिए ।

‘जेन-जीले उठाएका मागप्रति हाम्रो कुनै विमति छैन तर त्यसमा राष्ट्रिय अन्तर्राष्ट्रिय तत्त्वले ठूलो घुसपैठ  गरेको छ । यसको समीक्षा हुनुपर्छ । देश नै दुर्घटनातर्फ जाने दिशामा लागेकाले यसको उपयुक्त छानबिन हुनु जरुरी छ ।’ उनले भने, ‘अहिले उहाँले नेतृत्व छोड्ने कुरा गर्नुभएको छैन केन्द्रीय कमिटी बैठकले जे निर्णय गर्छ त्यो निर्णयलाई म मान्छु भन्नुभएको छ ।

उनले थपे, ‘अध्यक्ष ओलीले परिस्थिति बुझेर मात्रै नेतृत्व छोड्न परे छोड्न तयार छु । परिस्थिति बुझेर मात्रै काम गर्छु भन्नुभयो ।’

अध्यक्ष ओलीले जिल्लाका नेतृत्वहरूलाई पनि यो कुरा बुझाएर अगाडि बढ्नका लागि आग्रह गरेका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ५ : ५२ बजे

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई