पाकिस्तानमा हिंसाबाट ९०० भन्दा बढीको मृत्यु « Khabarhub

पाकिस्तानमा हिंसाबाट ९०० भन्दा बढीको मृत्यु


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इस्लामाबादस्थित सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज (सिआरएसएस)ले जारी गरेको नयाँ प्रतिवेदन अनुसार पाकिस्तानमा पछिल्लो तीन महिनामा आतंकवादी आक्रमण र सैन्य कारबाहीमा तीव्र वृद्धि भएपछि कम्तीमा ९०१ जनाको मृत्यु भएको छ ।

प्रतिवेदनमा भनिएको छ कि जुलाईदेखि सेप्टेम्बरसम्म ३२९ हिंसाका घटनामा ९०१ जनाको मृत्यु र ५९९ जना घाइते भएको प्रतिवेदनमा उल्लेख छ । यो अघिल्लो तीन महिनाको तुलनामा ४६ प्रतिशतभन्दा बढी हो । 

यस वर्ष अहिलेसम्म पाकिस्तानमा दुई हजार ४१४ जनाको मृत्यु भइसकेको छ । यो गत वर्षको सम्पूर्ण वार्षिक मृत्युभन्दा लगभग बराबर छ । सन् २०२५ मा अझै तीन महिना बाँकी रहेका कारण विज्ञहरूले यसलाई एक दशकमा सबैभन्दा घातक वर्षहरूमध्ये एक बन्न सक्ने भविष्यवाणी गरेका छन् ।

प्रतिवेदनले हिंसाको ढाँचामा पनि परिवर्तन देखाएको छ । गत वर्ष अधिकांश मृत्यु आतङ्कवादी आक्रमणका कारण भएका थिए । तर यस वर्ष आधाभन्दा बढी मृत्यु सेना र प्रहरीको कारबाहीबाट भएको छ । जुलाईदेखि सेप्टेम्बरसम्मको कुल मृत्युमध्ये ५७ प्रतिशत आतंकवादी, २४ प्रतिशत नागरिक र १८ प्रतिशत सुरक्षाकर्मी रहेका छन् ।

खैबर पख्तुनख्वा (केपी) र बलुचिस्तान प्रान्तले देशमा भएको हिंसाको ठूलो हिस्सा भोगेका छन् । केपीमा ६३८ जनाको मृत्यु भएको छ । त्यहाँ २०० भन्दा बढी हिंसाका घटना भएका थिए ।

बलुचिस्तानमा कुल २३० जनाको मृत्यु भएको छ, जसमा अधिकांश पाकिस्तानी सैन्य कारबाहीका कारण भएको हो । सिन्ध प्रान्तमा पनि हिंसामा वृद्धि देखिएको छ । अघिल्लो अवधिमा आठ जनाको मृत्यु भएकोमा यस पटक २१ जनाको मृत्यु भएको छ ।

नागरिक मृत्युको सङ्ख्या बढ्दो छ । गत हप्ता खैबर पख्तुनख्वाको तिराह उपत्यकामा पाकिस्तानी वायुसेनाको आक्रमणमा महिला र बालबालिकासहित २१ जनाको मृत्यु भएको थियो । 

पाकिस्तान प्रशासित जम्मू–काश्मीरमा भ्रष्टाचार र खराब जीवन अवस्थाको विरोधमा प्रदर्शन गर्दा कम्तीमा १० प्रदर्शनकारीको मृत्यु भएको छ । आइतबार सिन्धको शिकारपुर जिल्लामा रेल ट्र्याकमा भएको विस्फोटमा सात जना घाइते भए, जसले जाफर एक्सप्रेसका चार कोच लिकबाट खसाएको छ ।

प्रतिवेदन अनुसार आतंकवादीहरूले सबैभन्दा धेरै मृत्युको सामना गरे पनि अधिकांश आक्रमणमा नागरिकहरू मुख्य लक्ष्य थिए । एक सय २३ आक्रमण सर्वसाधारणलाई, १०६ सुरक्षा फौजलाई र करिब १०० आतङ्कवादीलाई लक्षित गरिएको थियो । सुरक्षाकर्मीमा २०९ र आतङ्कवादीमा ३५ को तुलनामा ३५५ जना सर्वसाधारण घाइते भएका छन् ।

सिआरएसएसको प्रतिवेदनले पाकिस्तानको बिग्रँदै गएको सुरक्षा अवस्थाको गम्भीर चित्रण गरेको छ । यदि हालको प्रवृत्ति यस्तै रह्यो भने सन् २०२५ एक दशकमा पाकिस्तानको सबैभन्दा घातक वर्षहरूमध्ये एक बन्न सक्ने सम्भावना छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ५ : २९ बजे

ड्रोनबाट यस्तो देखियो टियू मैदानमा नेपाल र युएइबीचको खेल (तस्बिरहरू)

काठमाडौं– नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी–२०आई सिरिजअन्तर्गत आज

राजदूतहरूद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आआफ्नो ओहोदाको

स्थापनाको ४०औँ वर्षमा पशुपति क्षेत्र विकास कोष

काठमाडौं– पशुपति क्षेत्रको बृहत्तर विकासका लागि स्थापित पशुपति क्षेत्र विकास

थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचित

काठमाडौं– मथुरा थापाद्वारा लिखित ‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन गरिएको छ

अमेरिकी टोली पुग्नुअघि पाकिस्तानमा ६ अमेरिकी सैन्य विमान अवतरण

इस्लामावाद- अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणअघि पाकिस्तानमा गतिविधि तीव्र बनेको छ। रावलपिन्डीस्थित