विपिन जोशीको नयाँ भिडियो, बुधबार साँझ सार्वजनिक गरिँदै « Khabarhub

विपिन जोशीको नयाँ भिडियो, बुधबार साँझ सार्वजनिक गरिँदै


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम– इजरायली गुप्तचर निकायले हमासको अपहरणमा परेका नेपाली युवक विपिन जोशीको नयाँ भिडियो प्राप्त गरेको जनाएका छन् । उक्त भिडियो बुधबार साँझ सार्वजनिक गरिने उनको परिवारले पुष्टि गरेको छ ।

इजरायली होस्टेज फ्यामिली फोरमका अनुसार, गत वर्ष अक्टोबर ७ मा किब्बुत्ज अलुमिमबाट अपहरणमा परेका नेपाली नागरिक विपिन जोशीको भिडियो इजरायली गुप्तचर इकाईहरूले प्राप्त गरेका छन् ।

जोशी परिवारले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘गाजाबाट प्राप्त यो जीवनको प्रमाणले हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटुट विश्वास दिएको छ।’

विपिन जोशी अक्टोबर ७ को नरसंहार हुनुअघि मात्र तीन हप्ता अघि कृषिसम्बन्धी शिक्षा कार्यक्रममा सहभागी हुन इजरायल पुगेका थिए। उनी अन्य नेपालीहरू बसोबास गरेको किब्बुत्ज अलुमिमबाट अपहरणमा परेका थिए।

वाल स्ट्रिट जर्नलले सन् २०२३ नोभेम्बरमा प्रकाशित रिपोर्टमा उल्लेख गरेअनुसार जोशीले आफ्नो शरणस्थलमा लुकेका सबैको ज्यान बचाएका थिए । 

रिपोर्टका अनुसार दुई वटा ग्रिनेड कोठाभित्र छिरेपछि उनले एउटा समातेर बाहिर फ्याँकेका थिए । तर अर्को विस्फोट हुँदा उनका पाँच साथीसाथी गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ६ : ३५ बजे

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच

कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क रहन निर्देशन

महेन्द्रनगर- भारी वर्षाको पूर्वानुमानपछि कञ्चनपुरमा तीनवटै सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा

अविरल वर्षाले चोभार गल्छीमा पानीको बहाव बढ्यो

काठमाडौं– काठमाडौं उपत्यकामा अविरल वर्षा भएपछि बागमती, विष्णुमतीलगायत विभिन्न खोला

वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

चितवन– बिहीबारदेखि परेको अविरल वर्षाका कारण जिल्लाका सातै पालिकाले आज