विपिन जोशीको नयाँ भिडियो, बुधबार साँझ सार्वजनिक गरिँदै « Khabarhub

विपिन जोशीको नयाँ भिडियो, बुधबार साँझ सार्वजनिक गरिँदै


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम– इजरायली गुप्तचर निकायले हमासको अपहरणमा परेका नेपाली युवक विपिन जोशीको नयाँ भिडियो प्राप्त गरेको जनाएका छन् । उक्त भिडियो बुधबार साँझ सार्वजनिक गरिने उनको परिवारले पुष्टि गरेको छ ।

इजरायली होस्टेज फ्यामिली फोरमका अनुसार, गत वर्ष अक्टोबर ७ मा किब्बुत्ज अलुमिमबाट अपहरणमा परेका नेपाली नागरिक विपिन जोशीको भिडियो इजरायली गुप्तचर इकाईहरूले प्राप्त गरेका छन् ।

जोशी परिवारले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘गाजाबाट प्राप्त यो जीवनको प्रमाणले हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटुट विश्वास दिएको छ।’

विपिन जोशी अक्टोबर ७ को नरसंहार हुनुअघि मात्र तीन हप्ता अघि कृषिसम्बन्धी शिक्षा कार्यक्रममा सहभागी हुन इजरायल पुगेका थिए। उनी अन्य नेपालीहरू बसोबास गरेको किब्बुत्ज अलुमिमबाट अपहरणमा परेका थिए।

वाल स्ट्रिट जर्नलले सन् २०२३ नोभेम्बरमा प्रकाशित रिपोर्टमा उल्लेख गरेअनुसार जोशीले आफ्नो शरणस्थलमा लुकेका सबैको ज्यान बचाएका थिए । 

रिपोर्टका अनुसार दुई वटा ग्रिनेड कोठाभित्र छिरेपछि उनले एउटा समातेर बाहिर फ्याँकेका थिए । तर अर्को विस्फोट हुँदा उनका पाँच साथीसाथी गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ६ : ३५ बजे

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्धमा तनाव

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका निर्णयहरूले

सुशासनका लागि अभियान सञ्चालन गर्दै ‘रामप्रसादराई’ पालिका

भोजपुर– यहाँको रामप्रसादराई गाउँपालिकाले सुशासन कायम गर्न अभियान सञ्चालन गर्ने

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई