अर्थसंक्षेप : तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २० अर्ब खिच्दै, ४५ अंकले घट्यो नेप्से र नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने « Khabarhub

अर्थसंक्षेप : तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २० अर्ब खिच्दै, ४५ अंकले घट्यो नेप्से र नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नेप्सेको लगातार ओरालो यात्रा, बुधबार ४५ अंकले घट्यो

दशैं बिदापछि मंगलबार खुलेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको दिन ५८.५५ अंकले घटेको थियो भने बुधबार पनि ठूलो गिरावट आएको छ ।

बुधबार नेप्सेमा ५ अर्ब ७६ करोड २७ लाख १ हजार रुपैयाँको कारोबार हुँदा ४५.३६ अंकले घटेर २५५९.५९ अंकमा आइपुगेको हो ।

बुधबार नेप्सेमा कारोबार भएकामध्ये २३२ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १८ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

सुनको मूल्य दुई लाख ३८ हजार पुग्यो

नयाँ कर्मचारीले जीवन बिमा कोषमा नपुग रकम जम्मा गर्नुपर्ने

‘विपदबाट प्रभावित परिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन दिँदैनौँ’

भीरकोट उद्योग वाणिज्य संघको कर नतिर्ने घोषणा

स्याङ्जाको भीरकोट उद्योग वाणिज्य संघले भीरकोट नगरपालिकालाई कुनै पनि प्रकारको स्थानीय कर नतिर्ने घोषणा गरेको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै स्थानीय क्लबले व्यापारिक मेला आयोजना गर्न लागेको र नगरपालिकाले अनुमति दिएको भन्दै असन्तुष्टि जनाउँदै यो कठोर कदम चालेको हो ।

संघका अध्यक्ष नुवादत्त अर्यालका अनुसार बिहीवारदेखि एक स्थानीय क्लबले ‘रमाइलो मेला’को नाममा व्यापारिक स्टल राखेर मेला आयोजना गर्न लागेको र यसले स्थानीय व्यापारीहरूलाई निरुत्साहित गर्ने र थप पीडा दिने भन्दै संघले विरोध जनाएको हो ।

भीरकोट उद्योग वाणिज्य संघले आफूहरूले राज्य पुनर्संरचना पछि व्यापारिक हकहितका लागि स्थापना कालदेखि नै नगरपालिकालाई रचनात्मक कार्यमा सहयोग गर्दै आएको स्मरण गराएको छ ।

रामेछाप-काठमाडौँ सातामा तीन दिन उडान हुने

घुस डिल अडियो प्रकरण : पूर्वमन्त्री गुप्ता र श्रेष्ठसहित ७ जना विरुद्ध मुद्दा दायर

प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले २० अर्ब खिच्दै

बैंकिङ क्षेत्रको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले २० अर्ब निक्षेप संकलन गर्न लागेको छ । मौद्रिक व्यवस्थापन विभागले बुधबार सूचना जारी गर्दै ११ दिनको लागि उक्त निक्षेप संकलन गर्न लागेको हो ।

आजै ३ बजेसम्म बोलकबोल गर्नुपर्ने र बोलकबोलको माध्यमबाट नै ब्याजदर निर्धारण गर्नेगरी बैंकले सूचना प्रकाशन गरेको छ ।

नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने : विश्व बैंक

नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

मुख्य पर्यटकीय याममै अन्नपूर्ण क्षेत्रमा पर्यटकको सङ्ख्या घट्यो

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : १२ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र