संवादबाट समस्याको समाधान खोज्न सरकारको आह्वान « Khabarhub

संवादबाट समस्याको समाधान खोज्न सरकारको आह्वान


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन आमनागरिकसँग अपिल गरेको छ । गृह मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना आवाज शान्तिपूर्वक राख्न र विरोधका कार्यक्रमलाई शान्तिपूर्ण बनाउन अनुरोध गरेको हो ।
 
नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवं छलफलमार्फत समाधान गर्न सरकार सधैँ सकारात्मक रहेको उल्लेख गर्दै मन्त्रालयले धर्ना जुलुसलगायतका कार्यक्रम गर्नुअगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्ने खोज्न अनुरोध गरेको छ ।
 
नयाँ सरकारको गठनसँगै स्थिति नियन्त्रणमा लिई शान्तिसुरक्षाको अवस्था सामान्य बनाउन र आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

देशमा शान्तिसुरक्षा बहाली गर्दै घोषित मितिमा निर्वाचन सम्पन्न गर्न सरोकारवाला तथा आमनागरिककोसमेत दायित्व भएको मन्त्रालयले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : ०१ बजे

बलिउडका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन

काठमाडौं– भारतीय चलचित्र क्षेत्रमा आफ्नो फरक हास्य शैली र अभिनयबाट

बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ

धनगढी– हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ