इजरायली सेनाले हमासबाट बरामद गरेको थियो विपिनको भिडियो, २०२३ नोभेम्बरमा खिचिएको अनुमान « Khabarhub

इजरायली सेनाले हमासबाट बरामद गरेको थियो विपिनको भिडियो, २०२३ नोभेम्बरमा खिचिएको अनुमान


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ– इजरायली सेनाले युद्धका क्रममा गाजामा फेला परेको नेपाली बन्धक विपिन जोशीको भिडियो सार्वजनिक गर्ने तयारी गरेको छ।

होस्टेज फ्यामिली फोरमका अनुसार इजरायली रक्षा बल (आईडीएफ) ले गाजाबाट फेला परेको नेपाली बन्धक विपिन जोशीको भिडियो बुधबार साँझ सार्वजनिक गर्ने तयारी गरेको हो । यो भिडियो जोशी परिवारको अनुमतिपछि सार्वजनिक गरिँदै छ।

बुधबार जारी विज्ञप्तिमा फोरमले भनेको छ, ‘सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेपछि गाजामा बन्धक बनाइएका विपिन जोशीको नयाँ भिडियो परिवारको अनुमतिमा सार्वजनिक गर्न लागिएको हो।’

हमासनिकट एक सञ्चार संस्थाले यो दस्तावेज (भिडियो) गाजाबाट बरामद गरेको सामग्री (लुटिएको वस्तुहरू) बीच इजरायली सेनाले लगेको जनाएको छ। पछि इजरायली गुप्तचर अधिकारीहरूले यसबारे अनुसन्धान गरेर परिवारलाई जानकारी दिएका थिए।

अनुमान अनुसार यो भिडियो सन् २०२३ नोभेम्बर महिनामा खिचिएको हो, जसमा विपिनलाई हमासको बन्धक अवस्थामा देखाइएको छ।

जोशी परिवारले भनेको छ, ‘गाजामा भेटिएको यो जीवनको संकेतले हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने दृढ विश्वास दिलाएको छ।’

विपिन जोशी एक कृषि विद्यार्थी हुन्, जो युद्ध सुरु हुनुभन्दा एक महिना अघि मात्रै नेपालबाट इजरायलको किब्बुत्ज अलुमिम पुगेका थिए । 

अक्टोबर ७ को बिहान उनी आफ्ना साथीहरूसँग किब्बुत्जको आश्रयस्थलमा लुकेका थिए। जब हमासले पहिलो ग्रिनेड हाने, उनले त्यसलाई समातेर बाहिर फ्याँके । तर दोस्रो ग्रिनेड विस्फोट हुँदा उनी र उनका साथीहरू अचेत भए । त्यसपछि विपिनलाई अन्य केही नेपाली कृषि कामदारहरूसँगै हमासले अपहरण गरी गाजातर्फ लगेको थियो ।

गत अगस्टमा, अपहरण भएको करिब दुई वर्षपछि, विपिनको परिवार पहिलोपटक तेलअभिभस्थित ‘होस्टेज स्क्वायर’ पुगेको थियो । 

त्यहाँ उनकी बहिनी पुष्पा जोशीले भनेकी थिइन्, ‘हामीलाई यहाँ आउन २२ महिना लाग्यो । नेपालमा हामी एक्लै भयौँ ।’ उनले आफ्ना दाजुलाई नेपाली भाषामा सम्बोधन गर्दै भनेकी थिइन्, ‘म तिमीलाई धेरै सम्झन्छु । आशा नछोड, बलियो बन, जीवित रहू ।’

अहिले पुष्पा र उनकी आमा विपिनको रिहाइका लागि अमेरिका पुगेका छन्। उनीहरूले राष्ट्र संघमा पनि यसबारे कुरा उठाउँदै छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : १० बजे

बालेन सरकारका सय दिन पूरा, के के भए उपलब्धि ? (पूर्णपाठ)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो

बाल संरक्षणसम्बन्धी नीति तथा संयन्त्रहरू र यसले बालबालिकाको जीवनमा पारेको प्रभाव

नेपालमा बालबालिकाबारे कानुनबाटै परिभाषित मापदण्ड छ । नेपालको कानुन र

नवनिर्वाचित राष्ट्रपति फुजिमोरीद्वारा पेरुमा ‘नयाँ अध्याय’ सुरु हुने घोषणा

लिमा- पेरुकी नवनिर्वाचित राष्ट्रपति केइको फुजिमोरीले आफ्नो निर्वाचनसँगै देशमा ‘नयाँ अध्याय’

सरकारको ‘घरघरमा सरकारी सेवा’ अभियान : दुई लाखभन्दा बढी राहदानी हुलाकमार्फत पठाइयो

काठमाडौं- सरकारले नागरिकमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित ‘घरघरमा सरकारी सेवा’

सय दिनमा भूमि प्रशासन, सहकारी नियमन र प्रशासनिक सुधारमा उल्लेख्य प्रगति

काठमाडौं- सरकारले आफ्नो १०० दिनको कार्यकालमा भूमि व्यवस्थापन, सहकारी क्षेत्रको