इजरायली सेनाले हमासबाट बरामद गरेको थियो विपिनको भिडियो, २०२३ नोभेम्बरमा खिचिएको अनुमान « Khabarhub

इजरायली सेनाले हमासबाट बरामद गरेको थियो विपिनको भिडियो, २०२३ नोभेम्बरमा खिचिएको अनुमान


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


909
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ– इजरायली सेनाले युद्धका क्रममा गाजामा फेला परेको नेपाली बन्धक विपिन जोशीको भिडियो सार्वजनिक गर्ने तयारी गरेको छ।

होस्टेज फ्यामिली फोरमका अनुसार इजरायली रक्षा बल (आईडीएफ) ले गाजाबाट फेला परेको नेपाली बन्धक विपिन जोशीको भिडियो बुधबार साँझ सार्वजनिक गर्ने तयारी गरेको हो । यो भिडियो जोशी परिवारको अनुमतिपछि सार्वजनिक गरिँदै छ।

बुधबार जारी विज्ञप्तिमा फोरमले भनेको छ, ‘सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेपछि गाजामा बन्धक बनाइएका विपिन जोशीको नयाँ भिडियो परिवारको अनुमतिमा सार्वजनिक गर्न लागिएको हो।’

हमासनिकट एक सञ्चार संस्थाले यो दस्तावेज (भिडियो) गाजाबाट बरामद गरेको सामग्री (लुटिएको वस्तुहरू) बीच इजरायली सेनाले लगेको जनाएको छ। पछि इजरायली गुप्तचर अधिकारीहरूले यसबारे अनुसन्धान गरेर परिवारलाई जानकारी दिएका थिए।

अनुमान अनुसार यो भिडियो सन् २०२३ नोभेम्बर महिनामा खिचिएको हो, जसमा विपिनलाई हमासको बन्धक अवस्थामा देखाइएको छ।

जोशी परिवारले भनेको छ, ‘गाजामा भेटिएको यो जीवनको संकेतले हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने दृढ विश्वास दिलाएको छ।’

विपिन जोशी एक कृषि विद्यार्थी हुन्, जो युद्ध सुरु हुनुभन्दा एक महिना अघि मात्रै नेपालबाट इजरायलको किब्बुत्ज अलुमिम पुगेका थिए । 

अक्टोबर ७ को बिहान उनी आफ्ना साथीहरूसँग किब्बुत्जको आश्रयस्थलमा लुकेका थिए। जब हमासले पहिलो ग्रिनेड हाने, उनले त्यसलाई समातेर बाहिर फ्याँके । तर दोस्रो ग्रिनेड विस्फोट हुँदा उनी र उनका साथीहरू अचेत भए । त्यसपछि विपिनलाई अन्य केही नेपाली कृषि कामदारहरूसँगै हमासले अपहरण गरी गाजातर्फ लगेको थियो ।

गत अगस्टमा, अपहरण भएको करिब दुई वर्षपछि, विपिनको परिवार पहिलोपटक तेलअभिभस्थित ‘होस्टेज स्क्वायर’ पुगेको थियो । 

त्यहाँ उनकी बहिनी पुष्पा जोशीले भनेकी थिइन्, ‘हामीलाई यहाँ आउन २२ महिना लाग्यो । नेपालमा हामी एक्लै भयौँ ।’ उनले आफ्ना दाजुलाई नेपाली भाषामा सम्बोधन गर्दै भनेकी थिइन्, ‘म तिमीलाई धेरै सम्झन्छु । आशा नछोड, बलियो बन, जीवित रहू ।’

अहिले पुष्पा र उनकी आमा विपिनको रिहाइका लागि अमेरिका पुगेका छन्। उनीहरूले राष्ट्र संघमा पनि यसबारे कुरा उठाउँदै छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : १० बजे

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध