राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन- नेपालमा भएको परिवर्तनबारे सम्बन्धित देशमा जानकारी गराउनू  « Khabarhub

राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन- नेपालमा भएको परिवर्तनबारे सम्बन्धित देशमा जानकारी गराउनू 


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनपछि नेपालमा भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुकमा जानकारी गराउन विदेशस्थित सबै नियोग प्रमुखहरूलाई निर्देशन दिएकी छन् । 

बुधबार परराष्ट्र मन्त्रालयबाट विभिन्न देशमा रहेका नेपाली राजदूत तथा नियोग प्रमुखहरूसँग भर्चुअल छलफल गर्दै प्रधानमन्त्री कार्कीले नेपालमा भएको परिवर्तनका बारेमा सम्बन्धित मुलुक र सरोकारवालाहरूलाई जानकारी गराउन निर्देशन दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिए । 

त्यसैगरी प्रधानमन्त्री कार्कीले निर्वाचनको मिति तय भएको अवस्थामा विदेशी सरकार, संस्थाको सहयोग आवश्यक पर्ने भएकाले समन्वय गर्न पनि निर्देशन दिएका छन भने जेन-जी आन्दोलनका कारण सुस्ताएको पर्यटन लगायतका क्षेत्रको अवस्था पुरानै अवस्थामा आएकाले यसको प्रचारप्रसार गर्न पनि आग्रह गर्नुभएको प्रवक्ता क्षेत्रीले बताए । त्यस्तै विदेशमा रहेका नेपालीहरूलाई चुस्त, दुरुस्त र प्रभावकारी रुपमा सेवा प्रवाह गर्न पनि प्रधानमन्त्री कार्कीले निर्देशन दिएको उनले बताए ।

त्यस्तै जेन-जी आन्दोलनका क्रममा ध्वस्त भएका संरचनाको पु्ननिर्माण गर्नका लागि पुननिर्माण कोष स्थापना गरिएको अवस्थामा यस विषयमा पनि आवश्यक प्रचार प्रसार गर्न प्रधानमन्त्रीले आग्रह गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ७ : ५५ बजे

निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि मागअनुसार आवेदन परेन

बागलुङ– बागलुङमा निर्वाचन प्रहरी भर्नाका लागि तीन पटक म्याद थप

प्रकृति तथा पर्यावरण संरक्षणमा नेपाली सेनाको ५० वर्ष

काठमाडौं– प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि

डिजिटल युगमा पत्रकारिता र मिथ्या सूचनासम्बन्धी पुस्तक सार्वजनिक

काठमाडौं– डिजिटल युगमा पत्रकारिता, मिथ्या सूचना र तथ्यजाँचसम्बन्धी तीनवटा पुस्तक

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन 

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा

हिमपातले सुदूरपहाडका राजमार्ग र विद्युत् सेवा अवरुद्ध, जनजीवन प्रभावित

बैतडी– भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध