बङ्गलादेशका पूर्व उच्च सुरक्षा अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी « Khabarhub

बङ्गलादेशका पूर्व उच्च सुरक्षा अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी


२२ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बङ्गलादेश – बङ्गलादेशको एक अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा नागरिकको बेपत्ता पार्ने भूमिकामा सहभागी भएको भन्दै दुई दर्जन सैन्य अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको अभियोजनकर्ताहरूले बुधबार बताएका छन्।

हसिनाको अवामी लिग सत्तामा रहेको १५ वर्षको अवधिमा सुरक्षा बलले कथित रूपमा बेपत्ता पारेका २५० भन्दा बढी घटनाहरूको जाँच आयोगले पुष्टि गरेको छ। आयोगले लगभग एक हजार ७०० उजुरी प्राप्त गरेको छ।

सन् २०२४ को अगस्टमा विद्यार्थीको नेतृत्वमा भएको जनविद्रोहपछि ७७ वर्षीया हसिना ढाकाबाट हेलिकोप्टरबाट भारत आएकी थिइन् । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण ९आइसिटी० मा सुनुवाइ भइरहेको जबर्जस्ती बेपत्ता पारेको मामिलामा उनलाई सह–अभियुक्तको रूपमा उल्लेख गरिएको छ।

न्यायाधिकरणले हसिनाको अपदस्थ सरकार र हाल प्रतिबन्धित उहाँको अवामी लिग पार्टीसँग सम्बन्धित पूर्व वरिष्ठ नेताहरूलाई मुद्दा चलाइरहेको छ। यो पहिलो पटक हो । यति ठूलो सङ्ख्यामा वरिष्ठ वरियताका कम्तिमा १६ जनरलसहित पूर्व र सेवारत सुरक्षा अधिकारीहरूले फौजदारी मुद्दाको सामना गर्ने सम्भावना छ।

“न्यायिक प्रक्रियाले अपराधीहरू को हुन् वा उनीहरूको हैसियत वा उनीहरूको शक्तिलाई कहिल्यै विचार गर्दैन,” आईसीटीका प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले पत्रकारहरूसँग भने ।

उनले भने , “उनीहरूले जनताले दिएको विश्वासको कहिल्यै वास्ता गरेनन्, जसले तलब लिए, वर्दी लगाए र राज्य, संविधान र कानूनको विरुद्ध उभिए, उनीहरूलाई अब जवाफदेही बनाइएको छ।”

अभियोजनकर्ताहरूले जबर्जस्ती बेपत्ता पार्ने दुई घटनासँग सम्बन्धित बुधबार आरोपपत्र बुझाएका थिए तर मानवअधिकार समूहहरूलाई उद्धृत गर्दै कुल मुद्दाको सङ्ख्या ७०० सम्म हुन सक्ने बताएका थिए।

उनीहरूले भनेका छन्, “धेरै जबरजस्ती बेपत्ता पारिएका घटनाहरू पश्चिमी राष्ट्रहरूको समर्थनमा आतङ्कवाद विरोधी अभियानको एक भागको रूपमा गरिएको थियो, जुन हसिनाले आफ्नो सरकारको वैधानिकता बलियो बनाउन प्रयोग गर्नुभएको थियो।”

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ९ : ५४ बजे

सर्वसाधारणको टेम्पो भीरमा खसालिएको घटनाको सामाजिक सञ्जालमा विरोध

कैलाली – डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले वन क्षेत्रमा व्यवसाय

हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

झापा– झापाको मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५