आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल कात्तिक २२ गते शनिबारको राशिफल


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल कात्तिक २२ गते शनिबार। मंसिर कृष्ण पक्षको तृतिया तिथि। तदनुसार सन् २०२५ नोभेम्बर ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश :

मेष : दिन सामान्य छ। अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ। साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ। तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको छ।

वृष : दिन राम्रो छ। धन आर्जन हुनेछ। स्वास्थ्य र शिक्षामा फाइदा मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

मिथुन : दिन राम्रो छ। व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ। मित्र बढ्नेछन्। महत्त्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। साथी सँगको भेटले मनमा शान्ति मिल्नेछ। धर्मकर्ममा मन जानेछ। शनिको कारण मन अस्थिर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथमा घुमघामको अवसर मिल्नेछ।

सिंह : दिन सामान्य छ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नेछ। परिवारको साथ सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ। व्यापारमा भने घाटा हुनेछ।

कन्या : दिन राम्रो छ। तपाईंको प्रतिभाको सम्मान हुनेछ। तपाईंको कला प्रदर्शन गर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ योजना बन्नेछन्।

तुला : दिन राम्रो छ। पठनपाठनमा मन जानेछ। आफ्नो रुचिको क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त होला। हरेक काममा परिवारको सहयोग मिल्नेछ।

वृश्चिक : दिन सामान्य छ। बोल्दा ख्याल गर्नुपर्छ। बोलीकै कारण साथी भाइ टाँढिने भएकाले बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ। सामाजिक कामबाट भने आज तपाईंलाई मानसम्मान मिल्नेछ।

धनु : दिन राम्रो छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ। स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा तपाईंको नाम र दाम मिल्नेछ। परिवारको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ।

मकर : दिन राम्रो छ। व्यापारमा नाफा हुनेछ। लगानी गरेको भए फाइदा हुनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ। साथी भाइसँगको भेटले मन प्रशन्न रहनेछ। परिवारको साथ सहयोग मिल्नेछ। धर्मकर्ममा मन जानेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुनसक्छ।

मीन : दिन सामान्य राम्रो छ। कारोबारमा नाफा हुनेछ। थोरै बोलेर अगाडि बढ्दा फाइदा हुने योग छ। धार्मिक र सामाजिक क्षेत्रमा गरेको मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ६ : २२ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री