पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण « Khabarhub

पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पत्रकार एवं लेखक ददि सापकोटाको सिर्जना कर्मनायकका सपना, सङ्घर्ष र संरक्षणका कथासम्बन्धी विषयवस्तु समेटिएको ‘ज्ञानिका’ कृति लोकार्पण गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आज आयोजित कार्यक्रममा पुस्तकमा समेटिएका विभिन्न शीर्षकका लेखकले सामूहिक रूपमा कृति विमोचन गरे। गैरआख्यान ‘ज्ञानिका’मा नेपाली प्रकृति, संस्कृति, वन्यजन्तु संरक्षण र विज्ञानको क्षेत्रमा सिङ्गो जीवन अर्पण गरेका साहसी अनि कर्मशील व्यक्तित्वको कर्म र गाथा समेटिएको छ ।

पर्यटन क्षेत्रबाट पेसा सुरु गर्नुभएका सापकोटा वातावरण, प्रकृति र जीवजन्तुका विषयमा निरन्तर कलम चलाउँदै आएका छन् । नेपालका हिमनदी, हिमताल, अनकन्टार डाँडाकाँडा, गड्गडाउँदै बग्ने नदी, गैँडाको ढरढर र हात्तीको हुँकारसम्बन्धी विषयवस्तुको जानकारी पुस्तक अध्ययनबाट प्राप्त हुने लेखकको भनाइ छ ।

देशका प्रकृति, संस्कृति र वन्यजन्तु संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउने २१ जना लेखकद्वारा लिखित नेपालका हिमनदी र बाढीको बदलिँदो अनुहार, अविश्वासिलो जीवसँग तीन दशक, पहाडदेखि मैदानसम्म, प्रकृतिको आश्चर्य, नेपाली जडीबुटी र आयुर्वेदको चमत्कार शीर्षकका लेख समावेश छन् ।

पुस्तकमा प्रण र वंश रक्षामा वनस्पतिको सङ्घर्ष,  विश्वलाई सामुदायिक वनको ढाँचा, सिकारमार्फत वन्यजन्तु संरक्षण र पर्यटनको अवसर, प्रदूषणमुक्त नेपालको बाटो, माटोको खान्की र स्वास्थ्य मानव, बाँदरसँग संवाद, उसैसँग प्रेम, वन्यजन्तु संरक्षण र पीडाको कथा, विश्वव्यापी पर्यटन दौडको मानचित्रमा नेपाल, शक्तिशाली नदी र चुनौतीपूर्ण भूभागमा प्रवासी माछा, सिकारीसँग लडाइँ, बाघसित भेटैभेट, आँखैअघि खतरा शीर्षकका लेख छन् ।  
    
फाइनप्रिन्ट प्रालिले बजारमा ल्याएको ३८८ पृष्ठको उक्त पुस्तक सापकोटाको छैटौँ कृतिको रु एक हजार १०० मूल्य निर्धारण गरिएको छ । यसअघि उनका पन्छी जगत्, त्यो नेपाल, दुखेको युरोप, वनको वैभव र जीवगाथा पुस्तक प्रकाशित छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ६ : १८ बजे

ललितपुर महानगरपालिका-३ मा एआई कलिङ सेवा

ललितपुर । ललितपुर महानगरपालिका-३ मा २४ सै घण्टा एआई कलिङ

मनास्लु क्षेत्रमा पर्यटक संख्या ४१ प्रतिशतले वृद्धि

काठमाडौँ । मनास्लु क्षेत्रमा पर्यटकको संख्या अघिल्लो बर्षभन्दा ४१ प्रतिशतले

नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन अख्तियारमा

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले ‘नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया