जापानी प्रधानमन्त्रीले ताइवानी अधिकारीलाई भेट्दा चीन रुष्ट « Khabarhub

जापानी प्रधानमन्त्रीले ताइवानी अधिकारीलाई भेट्दा चीन रुष्ट


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ताइवानी अधिकारीसँग भेटघाट गरेको भन्दै चीनले जापानी प्रधानमन्त्री सनाए ताकाइचीको आलोचना गरेको छ । उनले एशिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) सम्मेलनका क्रममा ताइवानका प्रनिनिधिसँग छलफल गरेकी थिइन् ।

उनले उक्त भेटवार्ताबारे सामाजिक सञ्जालमा पनि सार्वजनिक गरेकी थिइन् । यसप्रति चीन असन्तुष्ट भएको हो ।

‘यस्ता गतिविधिको प्रकृति र प्रभाव दुबै खतरनाक छन् ।’ चीनको विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले जापानसँग यसबारे कडा विरोध जनाएको पनि उल्लेख गरेको छ ।

प्रधानमन्त्री ताकाइचीले ताइवानी राष्ट्रपतिका सल्लाहकार सिन आईसँग भेटवार्ता गरेकी थिइन् । दुई जनाबीच जापान र ताइवानबीच कायम सहकार्यलाई थप गहिरो बनाउनेबारे कुराकानी भएको जनाइएको छ ।

चिनियाँ विदेश मन्त्रालयले जानीजानी ताकाइचीले आईसँग भेटवार्ता गरेको र सामाजिक सञ्जालमा हल्ला मच्चाएको आरोप लगाएको छ । चीनले यस्तो प्रतिक्रिया दिनुअघि चिनियाँ राष्ट्रपति सी जिन्पिङले पनि प्रधानमन्त्री ताकाइचीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ६ : ३६ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू