तीन सन्तान एकैपटक अधिकृत भएपछि बाबुको खुसी, ‘भारी बोकेको पीडा बिर्सिएँ’ « Khabarhub

तीन सन्तान एकैपटक अधिकृत भएपछि बाबुको खुसी, ‘भारी बोकेको पीडा बिर्सिएँ’


२२ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दुई छोरा र बुहारी तीनै जना एकैपटक नेपाल सरकारको शाखा अधिकृतमा सिफारिस हुन सफल भएपछि महाकुलुङ गाउँपालिका –३ सोलुखुम्बुका वडाध्यक्ष दुर्गाबहादुर कुलुङ प्रफुल्ल छन् ।

कृषि कर्म र भारी बोकेर पढाएको सन्तानहरूले निजामती सेवामा नाम निकालेपछि उनको खुशीको सीमा छैन । आफूहरूको दु:ख र मिहिनेतलाई सन्तानले बुझिदिँदा आमाबुवाको शीर उच्च भएको दुर्गाबहादुर बताउँछन् ।

खबरहबसँग कुरा गर्दै उनले आफ्ना खुसी बाँडे । उनले भने, ‘छोराछोरीलाई धेरै सुख-सुविधा दिन सकिनँ । तर, पढाईका लागि र काठमाडौंको बसाइमा लाग्ने खर्च हामीले कमी हुन दिएनौँ । सन्तानका लागि सबै आमाबुवाले धेरै मिहिनेत गरेकै हुन्छन् । उनीहरूको आमा मनीकुमारी कुलुङ असाध्यै मिहिनेती छिन् । खेतीपाती प्रशस्त गर्ने गर्छिन् । उनको साथले पनि छोराछोरीलाई राम्रो शिक्षा दिन सकेँ ।’

जेठा छोरा एकराज कुलुङ (३०) बुहारी मनिषा कुलुङ राई (एकराजकी श्रीमती) र कान्छो छोरा बालकुमार कुलुङ(२६) तीनै जनाले शाखा अधिकृतमा नाम निकालेका छन् । कुलुङको जेठी छोरी पनि निजामती सेवामै छिन् । उनी हाल पाँचौ तहमा कार्यरत छिन् । एक छोरी र दुई छोरासहित बुहारी सबै जना काठमाडौंमा एकै फ्ल्याटमा बसेर पढ्ने गर्थे ।

खर्चको व्यवस्थापनमा पनि सहज हुने र पढाइमा एक अर्कालाई सहयोग गर्ने, छलफल गर्ने वातावरण हुने भएर उनीहरू सबै जना एकै ठाउँमा बसेर पढेको दुर्गाबहादुर बताउँछन् । उनी भन्छन्, ‘कृषि कर्ममा लागियो । गोठमा वस्तु पालेर बसेँ । यतिले मात्रै हुँदैन भन्ने लागेर नाम्चे गएर ट्रेकिङ भारी बोक्ने काम गरेँ । भारी बोक्ने काम उमेर छउञ्जेल थियो । उमेर ढल्किँदै गएपछि सिकर्मी र डकर्मीको पनि काम गरेँ ।’

‘बुवा र आमाले गरेको मिहिनेत छोराछोरीले कदर गरे । त्यही ठूलो लागेको छ । यो सफलता उनीहरु स्वयंको मात्रै नभएर गाउँपालिकादेखि सोलुखुम्बु जिल्लाको सफलताको रुपमा हेरिएको छ,’ कुलुङ भन्छन्, ‘विकट गाउँमा जन्मिएर, सामुदायिक विद्यालय पढेर पनि अधिकृतमा नाम निकाल्न सकिने सन्देश दिएका छन् । अरू तयारी गर्दै गरेका भाइबहिनीलाई प्रेरणा दिएका छन् । छोराहरूले छेस्काम माध्यामिक विद्यालयमा पढे । प्लस टूदेखि काठमाडौंको ब्रिलियन्ट कलेजमा पढेका हुन् ।’

तर आफ्ना सन्तानलाई राजनीति गर भनेर आफूले हौसला नदिएको उनले बताए । भने, ‘मैले सानैदेखि बच्चाहरूलाई पैसा कमाउने भए विदेश जाओ, तर सम्मान र इज्जत पनि चाहिन्छ भने निजामती सेवाको कुनै विकल्प छैन भनेर सम्झाएँ । त्यति धेरै जोखिम पनि नहुने । बुवाको गाइडलाइनलाई पछ्याए र मिहिनेत गरे अहिले म धेरै सुखी छु ।’

अभिभावकले बच्चाहरूलाई सानैदेखि लक्ष्य पहिचान गराइदिनुपर्ने कुरामा दुर्गाबहादुर विश्वास राख्छन् । उनी भन्छन्, ‘हामी सामान्य आर्थिक अवस्था भएका अभिभावकले सन्तानलाई सानैदेखि लक्ष्य देखाइदिनुपर्ने हुन्छ । व्यापार व्यवसाय मैले गरिनँ । त्यो सिकाउन जान्ने कुरा भएन । तर सन्तानले मैले जसरी भारी बोकेर हिँड्दैनन् भन्ने मभित्र अठोट थियो । त्यसकारण मैले सानैदेखि लोकसेवाप्रति जागरुक गराएँ ।’

‘पढाइको निरन्तरतासँगै अनुशासन पनि सिकाउनुपर्छ । ठूलो भएपछि आफैँ गर्छन् भनेर बस्नु हुँदैन । बच्चाहरूलाई कक्षा एक दुईदेखि अर्थात् जगदेखि नै पढाइप्रति रुचि जगाइदिनुपर्छ,’ उनी थप्छन्, ‘हामी बच्चै छ, ठूलो भएपछि आफैँ बुझेर पढ्छ भन्नेमा लाग्नुहुन्न । बच्चा हो भनेर जे माग्यो त्यही दिने, नपढेपनि सम्झाइबुझाइ नगर्ने गर्न हुन्न, मेरो बच्चाहरू सानैदेखि पढाइमा रुचि राख्थे ।’

२०७९ मा वडाध्यक्ष जितेका दुर्गाबहादुरले २०७४ सालमा वडा सदस्य थिए । आफ्नो बुवा राजनीतिमा प्रयोग मात्रै भएको देखेर कहिले पनि राजनीतिमा लाग्छु भन्ने उनलाई थिएन । तर, बाध्यता र आवश्यकताको सिद्धान्तले आफू राजनीतिमा लागेको उनको भनाइ छ ।

‘मैले नेपाली कांग्रेसबाट वडाध्यक्ष जितेको हो । बुवाले गरेको राजनीति देखेर जिन्दगी यस क्षेत्रमा नलाग्ने भन्ने थियो । तर समयचक्रले डोहोर्‍याउँदै यही क्षेत्रमै ल्यायो’, उनले भने ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार  ७ : ५६ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि